विजयपुर /उच्च माध्यमिक शिक्षा परिषदको निर्देशनलाई चुनौती दिदै सुनसरीका उच्च माबिहरुले नितीगत भ्रष्टचार गरेको आरोप लागेको छ ।
निजी उच्च माबिहरुमा कार्यरत शिक्षकहरुको संगठन उच्च माबि शिक्षक युनियन (हिस्स्टान) सुनसरीले शनिबार धरानमा पत्रकार सम्मेलन गरेर उच्च माबिहरुले नितीगत भ्रष्ट्रचार गर्दै सरकारी निर्देशनलाई चुनौती दिएको बताएको छ ।
[caption id="attachment_4645" align="alignleft" width="400"]
पत्रकार सम्मेलनमा बोल्दै हिस्टानका प्रतिनिधीहरु[/caption]
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को बिद्यार्थी भर्ना कार्यक्रम २०७३ साल साउन १ गते भित्र सक्न र तिन गतेबाट कक्षा सुरु गर्न सार्बजनिक निर्देशननै दिएको छ । परिषदले कक्षा ११ को भर्ना साउन १५ गते भित्र सम्पन्न गरेर साउन १६ गतेबाट कक्षा सम्पन्न गर्न निर्देशननै दिएको छ ।
तर सुनसरीका उच्च माबिहरुले साउन लाग्नु अगाबै कक्षा सञ्चालन गर्ने सार्बजनिक सुचना नै गरेर परिषदको निर्देशनलाई चुनौती दिएको हिस्टान सुनसरीका अध्यक्ष सन्तोष दाहालले बताए । सरकारले दिएको निर्देशन लाई अटेर गरि निजी उच्च माबिका सञ्चालकहरुले बिद्यार्थी,अभिभाबक तथा शिक्षकहरुमाथी शोषण गरको दाहालले आरोप लगाए ।
‘ सरकारको निर्देशननै नमान्नु भनेको कानुनी राज्यलाई उपहास गर्नु हो ’उच्च माबिहरुको हर्कत बिरुद्ध सामाजीक सञ्चालमा अभियान चलाई रहेका अभियान्ता गोपिकृष्ण खतिवडाले पत्रकार सम्मेलनमा भने ।
गुणस्तरीय शिक्षा दिने भन्दै अस्वस्थ प्रतिस्प्रधा गर्नु बिद्यार्थी र अभिभाबकप्रतिको गद्धारी हो उनले भने ।निजी उच्च माबिहरुको संगठन हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले परिषद्ले नै आफ्नो निर्देशन कार्यान्वयन गर्न नसकेको बताए । ‘हामीले निर्देशन मान्दैनौ भनेका छैनौं उनले भने‘ सुनसरी बाहेक अरु जिल्लामा पनि कार्यान्वयन गराईयोस,हामी पनि कार्यान्वयन गर्छौं ।