जुम्ल्याहाको अनुहार त मिल्छ नै, तर सँग सँगै धेरै कुरामा समानता समेत पाईन्छ । झापाको धुलावारीकी जुम्ल्याहा युवती ग्रिष्मा र वर्षा पोख्रेल एउटा म्युजिक भिडियो वाट एकाएक देखापरे । म्युजिक भिडियोमा अभिनय अघि गुमनाम रहेका उनिहरु मनोरञ्जनको रंगिन दुनियामा देखा परे सँगै उनिहरुको चर्चा सुरु भयो ।
'शिवरात्रीको मेलामा , साथिभाईको भेलामा ' नामको रोजेस प्रसाईको म्युजिक भिडियोमा अभिनय सँगै देखा परेका उनिहरु मध्ये वर्षा भने निकै चिन्तित देखिएकी छन् । मोडलिङमा जम्ने लक्ष्य वोकेका दुई मध्ये वर्षा भने मिस मेचीमा सहभागि हुन वाट वन्चित भएकी छन् भने ग्रिष्मा उपाधि चुम्ने लक्ष्यसहित मिस मेचीका लागि प्रतिश्पर्धामा उत्रिएकी छन् । विविए अध्यनरत वर्षा विदा नपाएका कारण प्रतियोगितामा सहभागि हुन नसकेको सुनाउँछिन् ।
उत विज्ञान संकायमा स्नातक तहमा अध्यनरत ग्रिष्मा भने विदा परेकोले प्रतियोगितामा सहभागिता जनाउन आफुले पाएको भएपनि वर्षाको सहभागिता नहुदा खल्लो लागेको सुनाउँछिन् । दुवै जना सँगै सहभागि हुन ईच्छा भएपनि वर्षाको कलेज विदा नपरेकाले सगै सहभागि वन्न नसकेको उनको भनाई छ । नृत्यमा सिपालु दुवै जना स्थानिय स्तरका साँस्कृतिक कार्यक्रमहरुमा सहभागि हुने गरेका थिए । राम्रो नृत्य गर्न सक्ने भएकाले दुवैलाई गायक प्रसाईले एकैचोटी आफ्नो म्युजिक भिडियोमा अभिनय गराएका थिए । नचिन्नेले चलचित्रहरुमा दोहोरो भुमिकामा जसरी देखाईएको सम्म भनेका थिए , तर खासमा उनिहरु जुम्ल्याहा भएको थोरैलाई चिन्नेहरुलाई मात्रै थाहा थियो । अध्यनमा रुचिका विषय मात्रै फरक रहेको तर वाँकी विषयमा भने धेरै समानता रहेको दुवै स्विकार्छन् , दुवै को उदेश्य मोडलिङको रंगिन दुनियामा जम्ने नै रहेको उनिहरु वताउँछन् ।
अनुहार , आनिवानी सवैमा लगभग एउटै जस्तो लाग्ने उनिहरुलाई छुट्टा छुट्टै भेट्नेले छुट्याउन समेत नसक्ने सुनाउँछन् । भारतीय आर्मीमा कार्यरत उनका वुवाको आम्दानीका कारण अन्य समयमा खुसी र सन्तुष्टि नै मिलेपनि भारतीय नाकावन्दीको समयमा भने नरमाईलो महशुस भएको सुनाए । ग्रिष्माले भनिन् ' नाकावन्दीको समयमा भने बाबा आफ्नै देशको आर्मी भएको भए हुन्थ्यो जस्तो लाग्दथ्यो , जे भएपनि आफ्नो देश भनेको आफ्नै हो ।'
रोजगारीको अभाव र आकर्षक सेवा -सुविधाका कारण नेपाली बिदेशीनु मजबुरी भएको उनिहरु तर्क गर्छन् । बाबाले रोजगारीका लागि बिदेशीनु परेपनि आफुहरु नविदेशिने देशभित्रै वसेर केही गरेर देखाउने उनिहरु वताउँछन् । वर्षा र ग्रिष्मा दुवै भन्छन् ' विध्या भण्डारी , ओनसरी घर्ती , सुसिला कार्की अनुराधा कोईराला र शान्ता चौधरी लगायतले देशमै केही गरेर देखाएका छन् भने हामी किन सक्दैनौ ?' दुवै जनाको लक्ष्य मोडलिङ नै हुदा समस्या पर्छ कि भन्नेमा उनिहरु जानकार छन् तर पनि जुम्ल्याहा नै भनेर चिनिने र जम्नेमा उनिहरु आशावादी देखिएका छन् । वर्षा ले अध्यन सँग सँगै मोडलिङलाई पनि अघि वढाउने वताईन् , अहिले आफु मिस मेचीको उपाधी दौडमा सहभागि नरहेपनि ग्रिष्मालाई जिताउन सहयोग गरीरहेको सुनाईन् ।
उनले भनिन् ' दुवै जना हामी सहभागि वनेको भए सवलाई समस्या हुने थियो , कसलाई सपोर्ट र सहयोग गर्नु भनेर तर अहिले एक जना भाकोले समस्या छैन ।' उता ग्रिष्मा पनि वर्षाको भनाईसँग सहमत देखिएकी छन् , तर दुवै जना भएको भए वेग्लै हुने र भिन्न मजा हुने उनको तर्क छ । प्रतियोगिताको उपाधि चुम्ने लक्ष्य सहित आफु सहभागि वनेको र त्यसका लागि अहिले कडा मेहेनत गरीरहेको उनले वताईन् । प्रतियोगितामा हार र जित सामान्य भएपनि उनले भनिन् ' हार्न त कसलाई पो मन हुन्छ र तर पनि हारलाई नयाँ जितको सुरुवात गर्ने विन्दु मानेर अघि वढ्ने छु ।' मोडलिङ क्षेत्रलाई समाजले नकारात्मक हेराईले हेर्ने कुरामा समेत आफु जानकार रहेको वताउने ग्रिष्माले नराम्रो छैन त्यो क्षेत्र भनेर आफु सावित गर्ने हिम्मत सहित होमीएको वताएकी छन् । नेपाली सिने नगरी सम्म पुग्ने वाटो मिस मेचीवाटै आरम्भ गरेको र त्यसका लागि अव निरन्तर लागिपर्ने उनले उल्लेख गरेकी छन् ।
विध्यालयकालवाटै कुशल नृत्यङ्ग्नाका रुपमा चिनिएकी उनि अभिनयको समेत तालिम लिएर अघि वढ्ने सुनाउँद छिन् । मिस मेचीको उपाधि हात पारे पनि नपारेपनि आफ्नो यात्रा भने निरन्तर जारी राख्ने वताउँदै उनले भनिन् ' म देश र समाजमा एउटा नमुना वनेर देखाउन चाहन्छु , अहिले हाम्रो भोटीङ राउण्ड चलिरहेको छ । मिस मेचीको फेसवुक पेजमा गएर मलाई भोट दिएर हौसला प्रदान गरीदिनुस् ।'