आफुले सोचे जति ज्ञान र शिक्षा लिन एक महिनाको तालिम सहयोगि वनेको उनी वताउछीन् । निकै राम्रो नृत्य गर्ने खुवी भएकी उनले आफुमा भएको क्षमता र प्रतिभा प्रष्फुटन गर्ने र एक भिन्न पहिचान सहित स्थापित हुन आफुले मोडलिङतर्फ पाईला अघि वढाएको वताईन् । हरेक क्षेत्र अनि विषयमा राम्रा र नराम्रा दुवै पाटा हुने वताउँदै भनिन् ' मोडलिङ क्षेत्रको अलिक वढि आलोचना हुने गरेको छ , तर आलोचना हुन्छ भन्दैमा पुरै नराम्रो अनि सहभागि हुनै नहुने भन्ने हैन नि , आफु सहि ठिक अनि असल भयो भने कसैले नराम्रो भन्न सक्दैन ।' छोटा कपडा प्रयोग गरेकै कारण नराम्रो नजरले हेर्न नहुने उनको भनाई छ , उनि भन्छिन ' युरोप र अमेरीकन युवतीहरुले पनि छोटो लुगा प्रयोग गर्छन् नि त्यसो भए ती सवै वेठिक हुन् त !'
ठाँउ , परीस्थित , आवस्यक्ता र मौसम अनुसार सजिलो हुने पोषाक प्रयोग गर्दा आपत्ति जनाउन जरुरी नभएको वताउँदै उनि थप्छिन ' नेपाली सभ्यता , संस्कृति र समाजले पचाउन सक्ने सम्मको विन्दुमा भने आफु रहनु पर्छ ।' विकास र समयसँगै नेपालीको सोच र मानशिकता नवदलिदा अनि अघिल्लो पुस्ताले छोडेको छापका कारण आफुहरु पिडीत वन्नुपरेको उनको गुनासो छ ।
मोडलिङमा हुनेहरुले तस्विर वेच्ने र छिटो चर्चा कमाउन गरेका गतिविधिले नै समस्या थपेको सुनाउदै उनले भनिन् ' अहिले कठिन छ , मान्छेको सोच वदल्नलाई तर हामीले सामाजिक परीधिभित्र वसेर समाजसँग आफुलाई जोडेर राम्रा काम गर्यौ भने त्यो सोच हटेर जान्छ ।' क्षमतावान थुप्रै युवति लुकेर रहेको जसलाई खुलाउन यस्ता प्रतियोगिताहरु सहयोगि हुन सक्ने तर्क गर्दै उनि भन्छिन् ' मोडल नै वन्नु पर्छ भन्ने छैन , हरेक क्षेत्रमा गएर नमुना वनेर देखाउन यस्ता प्रतियोगिता अनि तालिम सहयोगि हुन्छ ।'
मोडल मतलव नमुना आफुले नमुना वनेर समाजमा देखिन र स्थापित हुनका लागि पाईला अघि वढाएको उनले वताईन् । मिस मेचि प्रतियोगिता आफ्नो त्यो नमुना वन्ने लक्ष्यको प्रारम्भिक विन्दु भएको उनको भनाई छ । प्रतियोगितामा हार जित सामान्य भएकाले जस्तो परीणाम आएपनि सहजतापुर्वक लिने र नयाँ जितका लागि अघि वढ्ने उनले उल्लेख गरीन् ।