miss plus 2पाइला चाल्ने हिम्मत देउ सगरमाथा आफै चढने छु । यो अनुरोध हो झापा तोपगाँछीकी स्मृति सापकोटाको ।  मिस प्लस टु नेपालको सिजन थ्रीको फाइनलमा पुगेकी सापकोटाले मिस प्लस टु २०१६ को उपाधी जीताउन पूर्वान्चलवासी सँग सहयोगको अपेक्षा गरेकी हुन । जेठ १५ गते भएको अडिसन वाट छानिएका २९ जना मध्येकी एक हुन स्मृति सापकोटा । सानै उमेर देखि पढाइमा अब्बल  सापकोटा अतिरिक्त कृयाकलापहरुमा पनि उत्कृष्ठ हुदै आएकी प्रतिभा हुन । स्मृतिलाई मिस प्लस टु वन्नकालागि एसएमएस भोटिडको जरुरी छ । झापा तोपगाछी वडा नम्वर ७ केर्खा घर भएकी सापकोटा आफू पूर्वान्चलकी छोरी भएका कारणले पूर्वान्चलवाट वढि एसएमएस भोट पाउने अपेक्षा गर्छिन । स्मृतिले २०७० सालको एसएलसी परीक्षा तोपगाछीको निहारिका अग्रेजी वोर्डिड स्कुलवाट विशिष्ठ श्रेणीमा उर्तीण गरेकी हुन । अहिले उनी उच्च शिक्षा अध्ययनको क्रममा काठमाडौमा छिन । आफूलाई बिजेता वनाउन मोवाइलको म्यासेज वक्समा एमपी टाइप गरेर एक स्पेस छोडी १९ लेखेर ३३००१ मा म्यासेज पठाइदिन स्मृतिले आग्रह गरेकी छिन ।