मेचिनगर १० काकरभिट्टाकी १८ बर्षीया युवति प्रितिका बास्तोला ‘मिस नेपाल’ हुने लक्ष्य बोकेर अहिले मिस मेचिमा सहभागि छिन् । कुशल नृत्य गर्न सक्ने उनले बिद्यालय स्तरमा भएका प्रतियोगिताहरुमा पुरस्कारहरु समेत पाएकि छन् । भारतमा वाल्यकाल गुजारेर मामाघरमा हुर्किएकि उनि आफुलाई भारत मनै नपर्ने सुनाउछिन् । भारतले नेपालमाथि गर्ने व्यवहारले गर्दा आफु जन्मीएको भएपनि मन नपर्ने उनको भनाई छ ।

kritika सानैवाट वावु आमाको काख छाडेर बस्दाको पिडा आफुले शब्दमा ब्यक्त गर्न नसक्ने सुनाउदै उनले भविष्यमा आफ्ना सन्तानलाई भने आफुबाट टाढा नराख्ने बताउछिन् । आमा वावुलाई छाडेर वस्न भन्दा बढि पीडा आफुलाई आमा वावु अलग हुदा भएको उनको भोगाई छ ।

वाल्यकालको वावुको माया विनाको जिवन र आमाको संघर्षमय जिवनले आफुलाई एकपटक निकै कमजोर बनाएपनि प्रमाणपत्र तहको अध्यनसँगै आफुमा केहि गरेर देखाउने हिम्मत पैदा भएको उनले सुनाईन् । आमावावुको सम्वन्ध टुट्दा हुने पिडा सहन निकै कठिन हुने आफुले अनुभव गरेको सुनाउँदै उनले भनिन मैले धेरै कोशिस गरे मिलाउन तर म सफल हुन सकिन ।

आफु र भाईलाई हुर्काउन आमाले गरेको दुख र संघर्षको कथा नै आफ्ना लागि शक्ति र प्रेरणा भएको वताउँदै उनले भनिन ‘जिवन संघर्ष हो र सहज छैन सफल जिवनका लागि निरन्तर संघर्ष जरुरी छ , मोडलिङको क्षेत्रमा मैले संघर्षको सुरुवात मात्र गरेकी हु जसलाई म अव निरन्तरता दिने छु ।

आफ्नो मुख्य काम अहिले पनि आमा र वुवालाई मिलाउनु नै रहेपनि आफ्ना कोसिसहरु सफल हुन नसकेको दुखेसो पोख्दै उनले भनिन मेरो यो कोसिसलाई जिवनको अन्तिम क्षणसम्म पनि म जारी रा्ख्ने छु । कक्षा ६ मा अध्यनको समयमा एकपटक मात्रै आफुले वुवालाई भेटेको सुनाउँदै उनले भनिन् हामिलाई त नियमित फोन गर्नु हुन्छ , खर्च दिनु हुन्छ तर आमासँको सम्वन्ध सुमधुर वनाउने मेरो कोसिस सफल हुन सकेको छैन सानैवाट टेलिभिजन र होलिङ वोर्डहरु देखेर आफुलाई मोडलिङ क्षेत्रप्रति रुचि बढेको सुनाउँदै उनले आमालाई मिस नेपाल वनेर उपहार दिन चाहेको वताएकि छन् ।

मिस मेचिमा आफ््नो सहभागिता मिस नेपालको तयारीका लागि नै भएको उल्लेख गर्दै उनले भनिन् म यो क्षेत्रका वारेमा जान्न र सिक्नका लागि यहाँ आएकि हुँ तर पनि प्रतियोगिता भएकाले जित्ने ईच्छा हुनु सामान्य कुरा हो । हार जित जे भएपनि यसलाई सामान्य रुपमा लिने छु ।

शिक्षावाट वञ्चित सडक वालवालिका देख्दा आफु निकै भावुक हुने गरेको सुनाउँदै उनले भविष्यमा आफुले सकेको सहयोग उनिहरुलाई शिक्षा दिलाउने काममा खर्चने बताएकि छन् । मिस मेचिमा आफुले पुरस्कार पाए त्यसको ५० प्रतिशत रकम उनिहरुका लागि खर्च गर्ने वताईन् ।

मोडलिङ क्षेत्रलाई नराम्रो नजरले हेरिने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनिन् हरेक क्षेत्रमा केहि न केहि समस्या हुन्छन् तर यो क्षेत्रमा व्यक्तिका कारण समस्या भएको हो , त्यस्ता व्यक्ति त्यति वेला सम्म पाखा लागेर जाँदैनन् जति वेला सम्म यो क्षेत्रमा सहभागिता वढाउन सकिन्न ।

13588695_1766211550291983_701680154_o  13644202_1766211473625324_1790283247_n13639407_1766211566958648_718529544_o