झापाको बिर्तामोडकी १६ वर्षिया सिम्रन पाठकले नृत्य क्षमताका कारण सानैवाट आफ्नो नाम स्थापित वनाएकी झापाली सुन्दरी हुन् । स्थानिय स्तरमा विध्यालय स्तरीय प्रतियोगिता हुँदै राष्ट्रिय स्तरको प्रतिष्पर्धामा समेत सहभागिता जनाईसकेकी छन् । देशव्यापी अञ्चल स्तरीय प्रतियोगितामा मेची अञ्चलको प्रतिनिधित्व गर्दै सहभागि वनेकी उनले राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा सामेल वनेर विजेता वन्ने लक्ष्य वोकेकी छन् ।
अहिले मिस मेचिमा उपाधि होडमा रहेकी उनि नेपाली मनोरञ्जन जगतमा जम्ने तयारीको आधार वनाउन मिस मेचिमा सहभागि वनेको सुनाउछिन् । प्रतियोगितामा हार जित सामान्य प्रकृया भएको ठान्ने उनि अहिले अन्तिम प्रतिष्पर्धामा सहभागि सवै विजेता नै भएको तर्क गर्छिन् । उनि भन्छिन् ' यहाँ आएर हामीले हाम्रो पुरानो जिवन , ज्ञान , अनुभव र सोच माथि नै विजय हाँसिल गरीसकेका छौ , यो नै सवैभन्दा ठुलो जित हो ।' परीवारकी एक्ली सन्तान सिम्रन आफ्ना लागि मोडलिङ रहर र ईच्छा नभएर लक्ष्य भएको सुनाउँछिन् ।
मोडलिङमा आउन धेरै युवतिले परीवार भित्रै संघर्ष गर्नु परेको सुनाउँदै उनले आफ्नो परीवारका सदस्यले भने आफुलाई यो क्षेत्रमा आउन निकै सहयोग र हौसला दिईरहेको वताईन् । मिस मेचि आफ्नो लागि पहिलो पाईला मात्रै भएको सुनाउँदै उनले आफ्नो सिकाई र अनुभव मिस नेपालको तयारीका लागि भएको वताईन् । मोडलिङको क्षेत्रलाई हेर्ने नजर गलत रहेको आफुले समेत अनुभव गरेको वताउँदै उनले भनिन् ' मोडलिङ क्षेत्र गलत हैन गलत हाम्रो सोच मात्रै हो , जुन सोच अघिल्लो पुस्ताका केही मोडलका कारण जन्मियो । त्यसलाई मेट्न हामीले नेपालीपन सहित कोसीस गर्नुपर्छ ।' नृत्यको औपचारीक शिक्षा नलिएपनि भविष्यमा नृत्य र अभिनयको औपचारीक ज्ञान लिएर नेपाली सिने जगतमा छुट्टै नाम सहित आफु स्थापीत भएरै छाड्ने उनले अठोट वोकेकी छन् ।