प्रिया उप्रेती पेशाले नर्शिङ अध्यनरत विध्यार्थी तर अहिले उनि मिस मेची वन्ने लक्ष्यसहित उपाधि होडमा मेचीका सुन्दरीसँग प्रतिश्पर्धा गरीरहेकी छन् । झापाको विर्तामोड-७ की स्थायी वासीन्दा १८ वर्षीया युवती प्रिया त्यस्ती युवति हुन् जस्लाई कहिले कुनै अस्पतालमा त कहिले आफ्नो गाउँलेको घरमा विरामीको सेवा गरीरहेको अवस्थामा भेटिन्छ ।
विदाको समयमा समेत उनि टोलमा कोही विरामी भएको थाहा पाईन् भने स्वतस्फुर्त रुपमा गएर उनले सिकेका कुरा वताउने र सहयोग गर्ने गर्छिन् । चिने जानेका कोही अस्पताल भर्ना भएको थाहा भयो भने पनि उनि आफै अस्पताल गएर सहयोग गर्ने गरेकी छन् । आर्थिक अभावमा कसैले उपचार नपाएको सुनिन् भने साथि र चिनजानका सँग सहयोगको हात फैलाएर सहयोग गर्दै आएकी तिनै परोपकारी मनकी धनि प्रियाले अहिले मेचिको नमुना युवती वनेर आफ्नो परोपकारको काम र अभियानलाई एउटा उचाई दिन चाहेको सुनाईन् । धेरैपटक आर्थिक अभावमा उपचार नपाएकाहरुलाई सहयोग गरेको वताउने प्रिया अरुलाई सहयोग गर्दाको क्षणमा पाईने खुसी र सन्तुष्टी लाखौं रुपैयामा पनि किन्न नसकिने आफुले अनुभव गरेको प्रिया सुनाउँछिन् ।
आफु कुरामा भन्दा काममा विश्वास गर्ने वताउँदै प्रिया भन्छिन् ' म यो गर्छु त्यो गर्छु भन्दिन सोचेका काम नै गर्छु अनि मात्रै भन्छु।' नर्सिङ सकेर स्वास्थ्य क्षेत्रमै लागेपनि मोडलिङलाई भने एउटा पाटोवाट निरन्तर वढाउने आफ्नो सोच रहेको उनि सुनाउदछिन् । मोडलिङलाई हेर्ने नजर गलत गलत रहेको विषयमा आफुँ जानकार रहेको वताउने प्रिया त्यो सोच समय क्रम सँगै वदलिने र वदल्न सवैले भुमिका खेल्नु पर्ने तर्क गर्छिन् । उनि भन्छिन् ' कुनै दिन भनिन्थ्यो , छोरा विग्रे कमर्स पढ्छ छोरी विग्रे नर्सिङ तर अहिले त त्यस्तो छैन नि !'
अघिल्लो पुस्ताका युवति जसले गरेका गल्तीको सिकार सवैले वन्नुपरेको वताउँदै उनले सामाजिक छवि सहित नमुना वनेर अघि वढ्ने हिम्मत वोकेर यो क्षेत्रमा आउन सुझाव समेत दिएकी छन् । मिस मेची हुँदै मिस नेपाल सम्मको वाटो तय गरेकी प्रिया हार र जित सामान्य रहने वताउँदै भन्छिन् ' जित भए अर्को जितका लागि अघि वढ्ने छु , हार भए नयाँ जितका लागि त्यसलाई प्रश्तान विन्दु मानेर आफुलाई थप सक्रिय वनाउने छु ।'