नाकाबन्दी पछि हामीमा पलाएको देशप्रेम र राष्ट्रवादको भावनाले हरेकमा केही न केही देशका लागि गर्नुपर्छ भन्ने भावना पैदा गरीदिएको छ । विदेशी उत्पादनको प्रचार- प्रसार र प्रयोग गर्न नछाडीकन स्वदेशी उत्पादनको जगेर्ना नहुने तर्क राख्ने मोडल प्रेशिका निरौला कलाकारहरूले सकभर स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्ने वताउँछिन् ।
संचारमाध्यम मार्फत बाहिर देखिने गरेका व्यक्ति समेत यो विषयमा संवेदशिल हुन जरुरी रहेको उनको भनाई छ । संचारमाध्यमवाट आम मान्छेसम्म पुग्ने व्यक्तिले यो विषयमा सचेत अनि संवेदनशील वन्नुपर्ने बताउँदै उनी भन्छिन् ' तपाईँ हामीले लगाउने पोषाक र प्रयोग गर्ने सामाग्री विदेशी हुँदा ती प्रतिको आम मान्छेको आकर्षण हामीले समेत थाहा नै नपाई पैदा हुन जान्छ जसले हाम्रा उत्पादन र सामाग्रीलाई असर पारीराखेको हुन्छ ।' निकै कम समयमा नै पूर्वकी चल्तीकी मोडल बनेर रंगिन दुनियामा छाएकी धरानकी १७ वर्षीया युवती प्रेशीका उनको सुन्दर रूप , आकर्षक शरीर र अभिनय क्षमताले मात्रै चिनिएकी भने हैनन् ।
युवा पुस्ताले निकै रुचाएकी मोडल प्रेशीका उनका विचारका कारण पनि चिनिने युवतीमा पर्छीन् । 'हारलाई नयाँ जितको सुरुवात ' बनाउने मानिस नै सफल हुने तर्क गर्ने उनी मिस एसएलसी २०१४ मा असफल भएकी युवती हुन् । त्यही हारले आफूलाई जितको नयाँ बाटोमा डोर्याएको उनले वताईन् । एक दर्जन भन्दा बढी म्युजिक भिडियो र केही विज्ञापनहरुमा समेत अभिनय गरीसकेकी उनले भारतको जोगवनि बजार स्थित एक सारी पसलको विज्ञापनमा काम गर्नु आफ्नो गल्ती भएको वताएकी छन् । नेपाली उपभोक्ता कै भरमा चलेको जोगवनि बजार स्थित पसलको विज्ञापनमा काम गर्दा त्यसले नेपालीलाई भारतीय बजारमा जान प्रेरित गरेको आफूले महसुस गरेको बताउँदै भनिन् ' मलाई प्रस्ताव आयो , कलाकार भएको हिसाबले मैले काम गरे तर त्यसले पार्ने प्रभाव मूल्याङ्कन गर्न सकिन जुन मेरो कमजोरी थियो ।' मोडल र कलाकारहरूले स्वदेशी उत्पादन र व्राण्डहरुकै प्रचार प्रसार गरेर स्वदेशी उत्पादनको जगेर्ना गर्न सहयोग गर्नुपर्ने प्रेशीकाको भनाई छ । नेपाली को प्राथमिकता नै नेपाली उत्पादन हुन नसक्नु दुखद भएको बताउँदै उनले भनिन ' हामीले नै हाम्रा उत्पादनलाई प्राथमिकतामा नराखेपछि विदेशी उत्पादन हाबी हुने भईगए नि !
अव हामी सबैले भरसक स्वदेशी उत्पादन नै प्रयोग गर्न कोसिस गरौँ।' भाषा र संस्कृतिले समेत अहिले अतिक्रमणको मार खेपीरहेको तर्क गर्दै उनले भनिन् ' हाम्रा बच्चा र केटाकेटीलाई हामी सानैवाट विदेशी टिभी का कार्यक्रम देखाइरहेका छौ जसले पार्ने प्रभाव हामीले मुल्याङकन गर्न नसक्ने हुने छ ।' अभिभावकहरु संवेदनशील नहुने हो भने कुनै दिन यस्तो आउने छ जति वेला नेपाली भाषा र संस्कृति कै विषयमा हाम्रा बच्चाहरू अनविज्ञ हुने दिन आउने उनले उल्लेख गरिन् ।
उनले भनिन् ' सुन्दा सामान्य लाग्न सक्छ यो विषय तर एकपटक हामी गम्भीर बनेर सोचौ त , विदेशी टेलिभिजन च्यानलले वच्चाहरुमा पारीराखेको प्रभाव र क्षति पुर्ती गर्न हामी असफल हुने दिन आईसकेको छ ।' उनले आफ्नो रोजाई स्वदेशी उत्पादन , स्वदेशी सामाग्री र श्वदेशी संचारमाध्यम नै भएको सुनाईन् । देशले केही माग्दैन देशलाई दिनु पर्छ भन्ने प्रेशीका आम मान्छेलाई मनोरञ्जन दिने क्रममै स्वदेशी उत्पादन र सामाग्री प्रयोग गर्न प्रोत्साहन गरेर देशलाई उपहार दिने वताउँदछिन् ।