धरान /दुईदशक अघि मोडलिङको दुनिया कल्पना बाहिर जस्तै थियो नेपालमा । त्यसमा पनि मोफसलमा त लगभग यो रंगिन दुनिया सोच बाहिर नै थियो । तर, धरान–८ सिदार्थमार्गकी कला सुब्बाले त्यो बेला नै मोडलिङ क्षेत्रमा हामफालिन् । जसले निरन्तर दुईदशकसम्म नेपाली मोडलिङको रंगिन दुनियामा स्टारडम राखिरहेकी छन् ।
भनिन्छ, मोडलिङको लागि उमेरले छेक्छ । यो लगभग संसार कै नियम हो तर, पनि सुब्बा यस्ता पात्र हुन् जसले मोडलिङ स्टारडमलाई दुईदशकसम्म बचाइरहेकी छन् । मोडलिङको करिव प्राथमिककालदेखि सुब्बाले यो स्टारडमलाई बचाई राख्नको लागि निरन्तर संर्घषको सामना गरिरहिन् । मोडलिङको कठिन यात्रालाई निरन्तर अघि बढाइ रहनको लागि उच्च आत्मविश्वास बोकेर अघि बढेकी सुब्बाले अन्ततः मोडलिङमा सुखमय श्वास फेरिरहेकी छन् । कलाको कला यात्रा सन् १९९६ मा सुरु हुँदा मोडलिङलाई आम मान्छेहरुले ‘बिग्रेको केटी, अङ्ग प्रदर्शन गर्ने थलो’ को संज्ञा दिन्थे । त्यो कालदेखि थालेको मोडलिङलाई उनको अनुभूतिमा ‘मेहनत, संर्घष र अविराम यात्रा’ को परिणाम भएको बताउँछिन् ।
त्यो बेलाको मोडलिङ वातावरण प्रोत्साहन भन्दा पनि बढी हतोत्साहित पार्ने थियो । ताली भन्दा बढी गाली खाने वातावरण थियो त्यो । तर, पनि मोडलिङमा डटेर लागेकी सुब्बाले त्यही माध्यम जीवन जिउने आधारहरु मात्रै हैन, आफ्नो स्टारडमसमेत राख्न सफल भएकी छन् । सन् १९९६ को मिस नेपालमा धरानबाट प्रतिनिधित्व गर्ने एकमात्रै उनले त्यही वर्ष मिस ट्यालेन्टको उपाधि मात्रै जितिनन् । हिट्स एफएफमा आरजेको जागिर खान थालिन् । त्यो अहिले पनि निरन्तर छ । उनी केही समय भिजेकोसमेत काम गरिन् भने मिस नेपालमा भिडेको दुईवर्ष पछि कोरियोग्राफर बनिन् । जुन अहिले पनि निरन्तर चलिनै रहेको छ ।
मिस नेपालमा भिड्दा ७ सय जना युवतिको आवेदनमा ३ सयमा परिन् । तीनसयबाट उत्कृष्ट १६ मा परेकी उनले मिस ट्यालेन्ट जितेपछिको मोडलिङ क्यारियर नै बदलियो । मेहनत गरे जुनै क्षेत्रमा पनि सम्मानित हुन सकिने तर्क राख्ने सुब्बा यो क्षेत्रमा लाग्नेहरुलाई ‘हिम्मत नहार्न’ सुझाव दिन्छिन् । मोडलिङ करिअरलाई त्याग्न नसकेकै कारण बिहेका कयौं प्रस्तावहरु उनले त्यागिन् । ‘नाम, दाम छाड्नु पर्ने भएपछि बिहेलाई लत्याइदिएँ ।’ उनी भन्छिन् ‘बिहे गर्नेहरुको अधिकांसको प्रस्ताव यो क्षेत्र छाड्नु पर्छ भन्ने शर्त थियो ।’
बिहेलाई उनी लेखान्तसँग जोड्छन् । तर, दुईवर्ष भित्र झ्याइ पार्ने सोचमा रहेकी सुब्बाले मोडलिङलाई भने त्याग्ने सोच अझै नरहेको प्रष्ट्याउँछिन् । ‘मेरो परिचय नै यसैमा जोडिएको छ ।’ उनी भन्छिन् ‘कसरी त्यागौं यो क्षेत्रलाई ।’ अहिले मोडलिङ धेरै गुणा परिवर्तन भएको महसुस उनी गर्छिन् । मोडलिङको क्रेज हरेक दिन बढ्दो छ । मोडलिङसँग जोडिएकी उनको नाम राजेश हमाल, भुवन केसी, धिरेन शाक्यसँग जोडियोस् भन्ने लाग्छ । तर, नियतिले त्यस्तो भएन् । धिरेनको त उनी फ्यान नै हुन् । उनीसँग मोडलिङ गर्ने सोच छ ।
बिहे नि ? भन्ने जिज्ञासामा उनी अर्कैसँग जोडिएर मात्रै हो नत्र सोचबिचार गर्थे उनको सहज उत्तर आउँछ । सलमान खानको उस्तै फ्यान हुन् उनी । उनीसँग चाही उमेरले पनि मिल्ने भएकाले बिहे नै गर्नेसम्मको सोच भएको बताउँछिन् ।