धरान/देशकै राम्रो एउटा बैकका म्यानेजरले ‘माया माया ’ भन्दै बोलाएपछि के हुन्छ होला अनुमान गर्नुहोस् । अहिले सिटिजन बैक धरान शाखाका प्रमुख पुष्कर कोइराला ‘हे माया ’भन्दै बोलाएको बिषयले सनसनी मच्चिएको छ । उनको त्यो आवाज अहिले युवा पुस्ताको मोबाईलमा बज्न थालेको छ । अहिले युवा पुस्ताको मोबाईलमा पुस्कर कोईरालाको आवाज भाईरल बन्न पुगेको छ । युवा पिडिले बाटोमा हिड्दापनि ‘माया ..माया..’भन्दै गुनगुनाउदै हिड्न थालेका छन् । बैक म्यानेजरले आफ्नो कार्यालयमा आएका सेवा ग्राहिलाई चाहि ‘माया माया’ भन्दै बोलाएका भने हैनन् । उनले भर्खरै बजारमा ल्याएको ‘हे माया बोलको गित ले अहिले बजार तताएको छ । उनको गित  अहिलेका किशोर किशोरी तथा युवा पिडिलाई लक्षित छ । उनले गितमा मायाका कुरा गर्ने देखि ओठ चुम्ने सम्मका कुरा गरेका छन् । यो त अलि भल्गर भएन ? जबाफमा गायक कोईराला भन्छन् ‘यो भल्गर हैन,सिक्बोलीक हो ।’ अलि भल्गर जस्तो सुनिएपनि मेरा श्रोताका लागी उपयुक्तनै छ,–उनी थप्छन् ।उनी आफैले लेखेको उक्त गितमा प्रेम गर्नेहरुको ओर्जिनल फिलीङस समेटीएको सुनाउछन् । कतै तपाईको आफ्नै फिलीङस त हैन ? मुस्काउदै उनले भने ‘ मेरो ब्यक्तिगत हैन,प्रेम गर्नेहरुको साझा फिलिङस हो ।फुर्सदको समयमा गित लेख्ने र मौका मिलीहाले रेकर्ड नै गरिहाल्ने उनको स्वभाब छ । ‘भबिष्यमा एल्बमनै निकाल्ने सोच बनाएको छु,उनले सुनाए ।