धरान / ‘प्रतिभाको विकास स्कुल–स्कुलबाट’ नाराका साथ सुरु भएको स्कुल–स्कुलमाको दोस्रो संस्करण अन्तर्गत शनिबार सहभागीबीच वतृत्वकला प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा मेरिल्याण्ड बोर्डिङ स्कुलकी सन्ध्या लिम्बू विजेता बनेकी छन् । त्यस्तै पूर्व क्षेत्रीय प्रहरीकी डिडिना बस्नेत दोस्रो र मेरिल्याण्डकै लोजी लिम्बू तेस्रो बनेकी छन् । विजेताहरुले कपी र डटपेन प्राप्त गरेका छन् । युनाइटेड मल्टि आर्टस्को आयोजनामा भइरहेको एकल नृत्य प्रतियोगिता अन्तर्गत स्कुल स्कुलमाका सहभागी मध्येबाटै यो प्रतियोगिता गरिएको हो । प्रतियोगितामा सुनसरीका स्कुलबाट १२६ जना छनौट भएका छन् ।
उनीहरुको आउँदो शनिबार हाजिरीजवाफ प्रतियोगिता गराइने आर्टस्का निर्देशक सन्तोष तामाङले जानकारी दिए । प्रतियोगितामा छनौट भएकाहरुलाई विभिन्न कार्यक्रम र नृत्य प्रशिक्षण गराइरहेको उनले बताए । वतृत्वकलाको निर्णायकमा रिकेश विक, विकास बिक र इक्सा लिम्बूले भूमिका निर्वाह गरेका थिए ।
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ