धरान  / सुनसरीको चतरास्थित सप्तकोशीबाट जल ल्याई धरान–१४ स्थित पिण्डेश्वर वावा धाममा जल चढाउन साउनको दोश्रो सोमबार आज भक्तजनहरुको पातलो उपस्थिति रहयो । विप्लप समूहले आज बन्द गरे पछि भक्तजनहरुको उपस्थिति कम भएको हो । रुद्राक्षको उद्गम थलो मानिने पिण्डेश्वरमा शिवजीले त्रिपुरासुर राक्षसको बधपश्चात आँखाबाट खसेको हर्षको आशु रुद्राक्षको रुपमा उत्पन्न भएको पौराणि मान्यता रहेको छ । शिवजीलाई साउनको महिनामा जल चढाए मागेका आकक्षाहरु पूरा हुने जनविश्वास रही आएको छ । यही मान्यतालाई चिरस्थायी राख्दै देशविदेशबाट जल चढाउन भत्तलजनहरुको घुईचो हुने गरेको छ । यहाँ जल चढाउने परम्पराको विकास २०३९ सालदेखि भएको हो भने व्यापकताको रुपमा केही वर्ष अघिदेखि हुन थालेको छ ।

तस्विरहरुः उपेन्द्र चाम्लिङ

1 20160718_065557 20160718_065619 20160718_065811 20160718_065819 20160718_070239 20160718_070309 20160718_070315 20160718_070733 20160718_072321 20160718_0703151