अष्ट्रेलिया /अष्ट्रेलियामा आगामी अगष्ट २० तारिखमा मिष्टर एण्ड मिस नेपाल ओसियान २०१६ हुने भएको छ । यस कार्यक्रममा अष्ट्रेलियमा र न्युजरल्याण्डका नेपालीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

‘११ ज्ना महिला र ९ जना पुरुष प्रतियोगिता जित्नका लागि लागि परेका छन् ’कार्यक्रमका कोअर्डिनेटर धर्म अधिकारीले जानकारी दिए । नेपाली नागरिकता भएको र नेपाली मुलका ब्यक्तिमात्र प्रतियोगीतामा सहभागि हुने गरेको उनले जनाए ।युनाईटेड नेप्लिज आर्टस एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा २०११ देखि हुदै आएको प्रतियोगिता २०१४ सम्म निरन्तर भएको थियो ।

[caption id="attachment_7997" align="aligncenter" width="391"]dharma धर्म अधिकारी २०११ का बिजेता[/caption]

‘२०१५ मा नेपालमा भुकम्प गएका कारण हामीले गर्न सकेनौ’ कोअर्डिनेटर धर्म अधिकारीले भने ‘यो बर्षबाट हामीले फेरी कार्यक्रमलाई निरन्तरता दिएका छौं । यो प्रतियोगीता प्रबासमा हुने नेपालीहरुको ठुलो ब्युटि प्रेजेन्टपनि भएको दाबि गरिन्छ ।

१८ देखि ३० बर्ष उमेर समुहका युवा तथा युवतीहरुको सहभागिता रहने प्रतियोगिताका बिजेताले टाइटिल सँगै मोडलिङ,म्युजीक भिडियोमा अभिनय गर्ने अवसर पाउने छन् । सामाजीक पहिचान र मुल्य प्राथमिक उद्येश्य भएको बताउदै कोअर्डिनेटर अधिकारीले प्रबासि नेपालीहरुलाई प्रोत्साहन र प्रेरित गर्न कार्यक्रमको निरन्तर आयोजना गरिएको बताए ।

postar

२०१४को प्रतियोगितामा पुरुष तर्फ निरज शर्मा र महिला तर्फ आरजु कार्कीले टाईटल जित्न सफल भएका थिए । कार्यक्रमका कोअर्डिनेटर धर्म अधिकारीपनि२०११का टाईटल बिजेता हुन् । यो बर्षको प्रतियोगितामा नेपालबाट मिस नेपाल अस्मि श्रेष्ठ र हिडरथ्रेजरका प्रतिनिधी अतिथीको रुपमा अष्ट्रेलियमा जाने भएका छन् ।

poostar