काठमाडौं / आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ठूलो मात्रामा दुगड फुड एण्ड वेभरेज प्रालिको फ्रुटी नष्ट गरेको छ । २ लाख प्याकेट फ्रुटीलाई गोदाम परिसरमा गाडीले कुल्चिएर नष्ट गरिएको छ ।
यसअघिनै सिलबन्दी गरिएको काठमाडौंको सतुंगलस्थित गोदाममा रहेका २ लाख प्याकेट फ्रुटी नष्ट गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । फ्रुटीका प्याकेट फुलेको र फुटेको भेटिएको थियो । यसरी फलफूलका जुसको प्याकिङ नै असुरक्षित देखिएपछि अखाद्य ठहर गर्दै नष्ट गरेको विभागले बताएको छ ।
फ्रुटीको नमुना परीक्षणका लागि यसअघि नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइसकेको बताइएको छ । यस अघि उक्त् कम्पनिकाे फ्रुटी बालबालिकालाइ नदिनु भनेर बाल कल्याणले बताएकाे थियाे ।