धरान/क्यान्सर रोगबाट पीडित विराटनगर–२२ की ५५ वर्षीया अनु मगर कटुवाललाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।कोरियाको किम्फो शहरमा काम गर्दैआएका नेपालीहरुले सङ्कलन गरेर पठाएको २५ हजार रुपैयाँ धरानका बाबुराम कटुवालले पीडित परिवारलाई सोमबार हस्तान्तरण गरे ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् मगरलाई प्रतिष्ठानमै पुगेर चेक प्रदान गरिएको थियो । उनी विगत दुई वर्षदेखि पाठेघरको क्यान्सरबाट पीडित थिएन । आर्थिक अभावको कारण उनी उपचारबाट वञ्चित थिइन् । चिकित्सकहरुका अनुसार उनलाई पाँचपटकसम्म किमोथेरापी गर्नुपर्ने देखिएको छ । किमोपछि मात्रै शल्यक्रियाको टुङ्गो लाग्ने उनका छोरा गोपालले बताए ।क्यान्सरबाट पीडित भएको जानकारी बाबुराम कटुवालले फेसबुकमार्पmत् सहयोगको लागि आग्रह गरेका थिए । कोरियामा कार्यरत् उत्तम कार्कीको पहलमा सहयोग सङ्कलन भएको थियो ।
राज्यले दीर्घरोग अन्तर्गत क्यान्सर पीडितहरुलाई एक लाख रुपैयाँसम्म सहयोग गर्ने गरेको छ । आमाको उपचारमा करीब ५ लाख रुपैयाँ लाग्ने छोरा गोपालले बताए । पीडितलाई साइप्रसमा रहेकी रीना कटुवालले पठाएको ८ हजार रुपैयाँ प्रदान गरिएको छ ।