राजविराज/ सप्तरीको जमुनी मधेपुरा गाविस– २ स्थित जोमनीटोलमा चार÷पाँच दिनदेखि झाडापखालाको प्रकोप फैलिएको  ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेकाे छ । दिसा, पिसाव र दुषित पानीका कारण हुने झाडापखाला फैलिएको जमुनी मधेपुरा गाउँमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य निरीक्षक राजनारायण ठाकुरको नेतृत्वमा एक टोली त्यहाँ पुगेर उपचार थालेको छ ।

hekth

झाडापखाला प्रकोपका कारण त्यहाँका प्रत्येक परिवारका एक÷दुई जनामा यो रोग देखा परेपछि पीडित भएकालाई जिल्ला जनस्वास्थ्य कार्यालयका टोलीले गाउँमै राखेर औषधोपचार थालिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।झाडापखालाबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारयाण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने तयारी भइरहेको जनस्वास्थ्य अधिकृत झाले दिएका छन् । झाडापखालाका प्रकोपवाट उक्त गाविसका २५ परिवारका करिब ६० जना भन्दा बढी बिरामी परेका छन् । यसैबीच झाडापखालावाट प्रभावित क्षेत्रमा यसवाट बच्ने उपायका वारेमा विभिन्न सङ्घ संस्थाले स्थानीयवासीमा सचेतना अभियान सञ्चालन गरेका थिए ।