शनिश्चरे, मोरङ  / पूर्वी मोरङको इलाका प्रहरी कार्यालय पथरी मातहतमा हत्याका घटनाहरु बढेका छन् । पछिल्लो समय एक महिलाको हत्या भएको अवस्थाको शव फेला परेको छ । बयरबनको कानेपोखरी पूर्वमा पूर्व पश्चिम लोकमार्गसँग जोडिएको जंगलको झाडीमा करिव ३५ वर्षीया आर्यन महिलाको शव सोमबार विहान फेला परेको हो । महिलाको नाम थर र ठेगाना खुली नसकेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख रमेश बस्नेतले जानकारी दिए । hatyaशव स्थानियले देखेर खवर गरेपछि प्रहरीले विहान शवको प्रकृति मुचुल्का गरेको छ । लोकमार्गबाट १५ फिट उत्तरमा रहेको शवको दाहिने आँखामाथि गहिरो चोट देखिएको र वरपर शव घिसारेको अवस्था देखिएकाले कसैले हत्या गरेको प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमका लागि धरान लगिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही  महिना यता पथरी क्षेत्रमा  २ दुइ महिलासहित ३  जनाकाे हत्या भएकाे थियाे ।