देशभर शान्ति सुरक्षाको अवस्था सामान्य: गृह
काठमाडौँ/गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।
गएराति तनहुँको आबुखैरेनीमा गएको पहिरो बिहान पन्छाइएकाले यात्रु सहजरुपमा आवतजावत गरिरहेको मन्त्रालयले जनाएको छ । विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































