काठमाडौँ / आश्विन शुक्ल  दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् । बडादसैँको दसौँ दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न आज दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए । उपत्यकामा चहलपहल बढ्यो दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ । ् सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्थे । सवारी साधन कम चलेकाले केही यात्रु पैदल भएपनि आ—आफ्नो   गन्तब्यतिर लम्किरहेका थिए । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ । उपत्यकामा विगत तीन दिनको तुलनामा आज बढी सवारी साधन चलेको छ  । टीकापछि आज उपत्यकामा सवारीको चाँप बढेको र हालसम्म कुनै गम्भीरप्रकृतिका घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पूर्वराजाबाट सर्वसाधरणलाई टीका यता पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिएका छन । निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिएका थिए । टीका लगाउन मध्याह्नदेखिनै निर्मल निवासमा भीड लागेको थियो । टिक थाप्नका लागि पञ्चायतकालका राजनीतिज्ञ, पूर्व प्रशासक, तत्कालीन साही नेपाली सेनाका उच्च पदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो । tika  सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लगाएका थिए । त्यसक्रममा उनीँहरुबीचमा केहीबेर राजनीतिक कानेखुसी समेत भएको अध्यक्ष थापाले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । रासस In this photo posted by Rastriya Prajatantra Party-Nepal Chairman Kamal Thapa on his Twitter, former King Gyanendra Shah is offering Dashain Tika to him, on Tuesday, October 11, 2016.