tika_rikeshकाठमाडौँ / बडादसैँअन्तर्गत तेश्रो दिन आज पनि आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी रहेको छ । हिन्दू धर्मावलम्बीहरूको महान् चाड दसैँको मुख्य टीका दशमीको दिन भए पनि टाढाटाढा जानुपर्नेहरूले कोजाग्रत पूर्णिमाका दिनसम्म यो क्रम जारी राख्छन् । काठमाडौँ उपत्यकाभित्र र बाहिरबाट टीका थापेर आउने जानेको ओहोरदोहोर देख्न सकिन्छ । दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर गएकाहरू पनि क्रमशः आउन थालेकाले काठमाडौँका सडकमा सवारीको मात्रा सामान्य बढेको देखिन्छ तर सरकारी बिदा र बजारहरू आंशिक खुल्ला भएकाले खासै चहलपहल छैन । रासस