संयुक्त राज्य अमेरिका / अमेरिकामा राष्ट्रपतीय निर्वाचनको तिथि नजिकिँदै गएको छ । अमेरिकी मतदाताहरु राजनीतिकरुपले दुई खेमामा विभक्त भएको वर्तमान अवस्थाबीच नर्थ क्यारोलिनामा आयोजित एक आमसभालाई सम्बोधन गर्दै राष्ट्रपति बाराक ओबामाले डेमोpriyanka-obama-mos_040416020647क्र्याट पार्टीका समर्थकलाई निर्वाचनको दिनमा मतदानको समय सुरु हुनासाथ पूर्वाद्ध मै गइ आफ्नै डेमोक्र्याट सदस्य हिलारी क्लिन्टनको पक्षमा ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । उक्त आमसभामा ट्रम्प समर्थक रिपब्लिकन पार्टी पक्षधरले बारम्बार होहल्ला र हुटिङ्ग गरी बिथोल्न खोजेका थिए । आमसभामा ओबामाको सम्बोधन सुरु भएको धेरै बेरपछि ट्रम्पका समर्थक प्रतीत हुने एकजोडी युवक युवतीले बाहिरी लुगा फुकालेर “बिल क्लिन्टन बलात्कारी”जस्ता वाक्य ठूला अक्षरमा छापिएको टिसर्ट प्रदर्शन गरी हुल्लडबाजी गर्दै मञ्चतर्फ जान लाग्दा तत्कालै सुरक्षाकर्मीले तिनीलाई नियन्त्रणमा लिएका थिए । यस्तै गतः आइतबारको प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रममा पूर्वराष्ट्रपति बिल क्लिन्टनको बिगत केही वर्षअघिको तथाकथित यौनकाण्ड बारे तीब्र चर्चा गर्दै ट्रम्पले हिलारीलाई होच्याउन गरेको प्रयास स्मरण गर्दै त्यसउपर ओबामाले कडा व्यङ्ग गरे । प्रत्यक्ष बहस कार्यक्रम सुरुहुनु अघि तीन तीनवटी तरुनीले ट्रम्प स्वयंलाई घेरा हाली हलमा ल्याएका थिए । पछि ती तीनै वटीले सो बहस कार्यक्रममा भाग लिएर हामी तीनैजनालाई पनि बिल क्लिन्टनले यौन दुव्र्यवहार गरेका थिए भन्ने बनावटी कुरा निकालेर दोष लगाए । अब यहाँहरु नै बुझ्नुहोस् कि ट्रम्पको यो कस्तो नाटक हो, क्लिन्टनले यौन दुव्र्यवहार गरेका भए ती महिलाले ट्रम्पलाई घेरा हाल्दै यत्रो सभाबीच आउने आँट गर्थे त ? “ती महिलाहरुलाई बिल क्लिन्टनले न कहिल्यै चिनेका थिए न त तिनीलाई यौन दुव्र्यवहार भयो भनी कहिल्यै सुनिनमा आयो” ओबामाको कथन थियो । रेक्लिन्टनको प्रतिद्वन्दी डोनाल्ड ट्रम्प निर्वाचनदौडको मैदानमा धेरै पछाडि परिसकेकाले उनलाई मत खसालेर आफ्नो मताधिकार व्यर्थैमा खेर पठाउनु सट्टा क्लिन्टनको पक्षमा मतदान गरी एकता प्रदर्शन गर्न राष्ट्रपति ओबामाले होहल्लाकै माझ रिपब्लिकन पार्टी समर्थकहरुलाई पनि अनुरोध गरे । एक त ट्रम्पले निर्वाचन जित्नै नसक्ने, कथङ्कदाचित जितिहालेमा पनि डेमोक्र्याटले अपार जनसमर्थन पाएको यस्तो अभूतपूर्व अवसरमा त्यस विजयको कुनै अर्थ नै नरहने भनी राष्ट्रपतिले दावी गरे ।

एकहप्ता अघि हाइटीबाट एकाएक उठेको “म्याथ्थ्यु” नामक कडा सामुन्द्रिक आँधीले केही दिन अघि नर्थ क्यारोलिना राज्यमा पनि प्रबेश गरी निकै धन जनको क्षति गरेर विध्वंश मच्चाएको थियो । सो आँधीका कारण नर्थ क्यारोलिना राज्यमा भएको क्षतिउपर चिन्ता गर्दै जेजति बबण्डर मच्चिए पनि हामी एकआपसमा सहयोगी बन्यौं भने जस्तोसुकै आपत्को पनि समना गरी त्यसलाई हराउन सकिन्छ भन्दै राष्ट्रपति ओबामाले आफ्नो सम्बोधन सुरु गरेका थिए । नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याक्क्रोरिले पेश गरे बमोजिम राष्ट्रपति ओबामाले सो राज्यलाई “दैवीप्रकोप प्रभावित राज्य” भन्ने घोषणापत्रमा हिजो सही गरेका थिए । क्लिन्टनको समर्थनमा हुने चुनावी प्रचार प्रसार कै सिलसिलामा आगामी बिहीबार ओहायो राज्यको पिट्सबर्ग र कोलम्बस तथा शुक्रवार क्लिभ्ल्याण्ड जाने राष्ट्रपति ओबामाको भ्रमण तालिका रहेको बताइएको छ ।एपी