14639673_1842728972606975_225826351434879844_n धरान / शुक्रवार विहान धरानको भोटेपुलमा ब्रेक फेल भएको गाडीले ठक्कर दिदा  एक जनाको मृत्यु भएको छ । धरानको भानु चौकस्थित बस पार्क ग्यारेज तर्फ जादै गरेको ना ४ ख ५३८७ नम्वरको धरान–फत्तेपुर–बेलटार रुटको यात्रुवसको ठक्करवाट धरान ८ का हेमन्त गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । वसको ठक्करवाट को १६ प ४९३० नम्वरको स्कुटरमा सवार गुरुङको घटनास्थलमै मृत्यु भएको डिएसपी ढकेन्द्र खतिवडाले जनाएका छन् । कसरी भयो दुर्घटना भानुचोकबाट निसकीएको बस राजेस पेट्रोल पम्पदेखि केही तल वट लगाएर राखिएको थियो । ब्रेकले काम नगरे पछि चालकले बस रोकेर राखेका थिए । बसमा वट लगाईएको थियो । चालक बसबाट बाहिर निष्कीएका थिए । चालक बसलाई किनारा लगाउने उपाय खोज्दै थिए । बस राजमार्गमा भएका कारण ट्राफिक प्रहरीले हटाउन निर्देशन दिदै थिए । एक्कासी बaccidentस सहचालकले ट्राफिक प्रहरीले जरिवाना गर्ने डरले ‘जाउ गुरु जी ट्राफिक आयो । अव जरिवाना गर्छ’ भन्दै गाडीमा लगाएको वट निकालेका थिए । वट निकाल्ने वितिकै बस आफै गुडेको प्रत्यक्षदर्शीले बताए । आफ्नो बस गुडेको देखे पछि नजिकै रहेका बस चालक कुदेर गई गुडिरहेको बसमा चढेका थिए । बसलाई नियन्त्रमा लिन खोज्दा भोटेपुल नजिक स्कुटीसँग ठोक्किन पुग्यो । त्यस पछि सय मिटर पर हिमालय पेट्रोल पम्प नजिकको नालीमा हालेर बस रोकाइएको थियो । सहचालकले बुछि नपु¥याउदा मानविय क्षेति हुन पुगेको प्रत्यक्षदर्शी सागर थापाले बताए । वस र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकको शव पोष्टमार्टमका लागि वीपी प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।