विस्फोटक पदार्थसहित दुई जना पक्राउ
दाङ/ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले दाङको तुलसीपुरवाट गएराति दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बराइन घर बताउने अरविन्दकुमार चक्रवर्ती र हेकुली गाविस –३ का नवीन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले बताए ।
दुई बोरा विस्फोटक पदार्थसहित पक्राउ परेका दुबैजनामाथि विस्फोटक पदार्थ ओसारपसार तथा बिक्री वितरण सम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
नजिकँदो तिहार पर्वलाई लक्षित गरेर उक्त परिमाणको विस्फोटकजन्य पदार्थ बिक्री वितरणका लागि तुलसीपुर बजारमा ल्याएको हुन सक्ने अनुमान प्रहरीको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























