खोलाले बगाएर एकको मृत्यु
मोरङ/उर्लाबारी–६ स्थित बक्राहा र सोल्टी खोलाको दोभानमा सोमबार साँझ खोलाले बगाई दुर्गाचोक बस्ने ४६ वर्षीया कालीमाया सार्कीको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार उनलाई स्थानीयवासीले खोलामा डुबेर तारको जालीमा अड्किएको अवस्थामा साँझ ७ बजेतिर मृतावस्थामा भेटेका थिए। सार्की यही कात्तिक ५ गते घरबाट माछा मार्न भनेर हिँडेकी थिइन्। रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























