नवलपरासी/नवलपरासीमा स्थानीय तह पुनः संरचना आयोगले आफ्नो काम तीव्र रुपमा अघि बढाएको छ । स्थानीय तह पुनःसरचना प्राविधिक सहयोग समितिले जिल्लामा मापदण्डका आधारमा गाउँ वा नगरपालिका निर्धारण गरिएको आयोगलाई सिफारिस गर्ने कामलाई पूर्णता दिन तीव्रका साथ काम अघि बढाएको हो । यसअगावै विभिन्न दल, सङ्घ संस्था, स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरेको समितिले अब यसलाई दलीय सहमतिमा अन्तिम रुप दिन लागिएको स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक लालकृष्ण शर्मा पौडेलले बताए । नवलपरासीको जनसङ्ख्याअनुसार जिल्लामा ११ देखि १५ सम्म गाउँ÷नगरपालिका निर्धारण हुुने अवस्था देखिन्छ । आगामी कात्तिक २० गतेभित्र समितिले आयोगलाई सिफारिस गर्ने गरी काम अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव एवम् योजना अधिकृत प्रकाश पन्थीले बताए । नयाँ कार्यविधिअनुसार जनसङ्ख्याका आधारमा सङ्ख्यात्मक विषयवस्तुमा दलहरुबीच पूर्णरुपमा सहमति बन्न नसक्दा समयमै स्थानीय तहको पुनःसंरचनाको अझै टुङ्गो लाग्न नसकेको हो । जनतालाई प्रत्यक्ष सुविधा हुने गरी दलीय सहमतिमा आयोगलाई सिफारिस गर्ने कामलाई पूर्णता दिइने स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक पौडेलले बताए । नयाँ कार्यविधिमा ११ देखि १५ सम्म गाउँ/नगरपालिका निर्धारण हुुने गरी आयोगलाई सिफारिस गर्ने तयारीमा समिति रहेको छ । नवलपरासीको कुल जनसङ्ख्या करिब रु सात लाख रहेको छ । रासस
स्थानीय तह पुनः संरचना आयोगको काम तीव्र
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























