म्याग्दी/ घार–५ की बरूवाल थरकी एक महिला जिल्ला अस्पतालमा आउँदा चिकित्सक छक्क परे । मानिसको छालामा हुने दिमागी आकृति जस्तै देखिएपछि केही स्वास्थ्यकर्मीले दिमाग बाहिर निस्किएको भन्दै चर्चासमेत गरे । टाउकामा घाउ पाकेको अवस्थामा आएकी बरूवाललाई हेरेपछि डा धिरेन मल्लले सिरीब्रिफम सिवासिइस निभस नामक रोग भएको पुष्टि गरे ।विश्वमै निकै कम देखिने दिमाग बाहिर निस्किएजस्तै देखिने रोगबाट ग्रसित भएकी बरूवालको टाउकामा रहेको घाउबाट फैलिएको सङ्क्रमण नियन्त्रणका लागि उपचार गरिएपनि थप उपचार जिल्लामा सम्भव नभएको डा मल्लले बताए ।“उनका बारेमा वरिष्ठ चिकित्सकले चासो देखाएका छन् । मैले आफ्नै खर्चमा काठमाडौँ पु¥याउने प्रतिबद्धता विरामीका आफन्तलाई दिइसकेको छु”–डा मल्लले भने । बरुवालको टाउकामा देखिएको आकृतिबाटै चिकित्सकले उपचारका लागि चासो देखाएका थिए ।रोग विश्वमै निकै कम भेटिएको छ । हामीले पुस्तकमा मात्रै अध्ययन गरेका थियाै”–डा मल्लले भने ।बरूवाल पहिलोपटक उपचारका लागि गाउँमा रहेको स्वास्थ्यचौकीबाट रिफर गरेपछि अस्पतालमा आउँदा रोगको पहिचान भएको थियो । निक साइमन इन्च्सियुट अमेरिकाको प्राविधिक सहयोगमा जिल्ला अस्पतालमा कार्यरत एवम् क्लिनिकल प्रमुख मल्लले चिकित्सा क्षेत्रमै यस्तो रोग दुर्लभ भएको बताए ।आङ सिरिङ्ग हुने बरूवालको टाउकामा बाल्य अवस्थामा रहेको सानो घाउको उपचार नगर्दा टाउमा फैलिएको थियो । स्वास्थ्यका बारेमा प्रकाशित हुने जर्नलमा विश्वमा १४ वटा र नेपालमा चारवटा मात्रै भेटिएकोसमेत मल्लले बताए ।
रोगलाई समयमै उपचार गरे निको हुने भए पनि अशिक्षा, कमजोर आर्थिक अवस्था र रोग लुकाउने ग्रामीण परम्पराको कारण समयमै उपचारबाट वञ्चित भएको चिकित्सकको भनाई छ ।यस्तो समस्या देखिएका बिरामीले स्मरणशक्ति गुमाउने, कम बोल्ने, टोलाउने जस्ता लक्षण देखिने डा मल्लले बताए । रासस