honवर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै दशैँतिहार, चाड र बाड खुसीले सारा भ-यो नि संसार गायक सुगम पोखरेलले गाएको गीतजस्तै वर्ष दिनमा आउने चाडपर्वमा को खुसी नहोला ? कसलाई रमाउने मन नहोला ? तर बाध्यता र विवशतामा प्रवासी जीवन बिताउनेहरुका लागि चाडपर्व र खुसी अनि आफन्तसँगै मनाउने चाहना समयसँगै प्रतीक्षामा अल्झिरहेको छ । ‘अब आउने दशैँमा घर जान्छु, कसै गरी पनि आउने तिहारमा दिदीबहिनीको हात खाली राख्दिनँ, नभेटिएका साथीभाइलाई भेट्छु र प्रिय लाग्ने गल्ली र घरहरुमा देउसुरे घन्काउँछु’ भन्ने सपना साँच्छन् । तर विदेशी भूमि र त्यहाँको व्यस्तताले सपना पूरा हुन दिँदैन । यही परिस्थितिबीच हङकङमा पनि नेपालीहरुको यसपालिको दशैँ–तिहार बित्यो ।नेपालीहरु संसारका जुनसुकै कुनामा गए पनि आप्mनो भाषा र संस्कृतिलाई साथै लगेर जान्छन् । हङकङमा पनि सयौँको सङ्ख्यामा जातीय, धार्मिक सङ्घ–संस्थाहरु छन् । तिनीहरुले आ–आप्mनै प्रकारले दशैँ र तिहार मनाए ।

आफन्तजन, साथीभाइसँग भेटघाट र खानपिन, नाचगान गरी एकआपसमा शुभकामना आदानप्रदान गरे । एक दिन भए पनि रमाउनुको मज्जा नै बेग्लै भएको सहभागीहरुको अनुभव छ । हङकङको व्यस्त दैनिकीमा हरेक दिन खुसीहरु हराउँछन् । बल्लबल्ल आउने चाडबाडले यो अवसर जुराउने उनीहरुले महसुस गरे ।दशैँ टीकाको दिन मान्यजनबाट टीका ग्रहण गर्दै ‘लाइसी’ (दक्षिणा) बोकेर प्रफुल्ल मुद्रामा हिँडेका नेपालीहरुले विदेशी भूमिमै भए पनि दशैँको झल्को दियो । दशैँलाई दृष्टिगत गर्दै आयोजना गरिएका विभिन्न कार्यक्रममा खानपिन र भेटघाटसँगै देखिएका रमाइला दृश्यहरुले दशैँभरि सामाजिक सञ्जालका भित्ताहरु रङ्गिए ।हङकङमा तिहार आउनु अघिदेखि नै यसको उत्साह र चहलपहल देखियो ।

सङ्घ–संस्थाहरुले देउसीभैलो कार्यक्रमको आयोजना गरी रमाइलोसँगै संस्थाको प्रगतिको लागि आर्थिक सङ्कलन पनि गरे । देउसीभैलोबाटै म्याग्दी प्रवासी नेपाली सङ्घ हङकङ (मोना) ले २ लाख ५ सय हङकङ डलर (करीब ४० लाख रुपैयाँ) सङ्कलन ग¥यो । सो रकम महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविष्कार केन्द्रको निम्ति खर्च गरिने छ । खोटाङ समाज हङकङ, सुनुवार समाज, पथरी शनिश्चरे परिवार हङकङलगायत सङ्घ–संस्थाले पनि एकआपसमा सामूहिक देउसीभैलो खेलेर तिहार मनाए । हङकङमै स्थापित ज्याप स्टुडियोले पनि एक जमघट आयोजना गरी धुमधामका साथ तिहार मनाएको छ ।