धरान/बलिउडमा अहिले पनि केही निर्माता सन्नी लियोनीको विषयमा संशय गर्छन् । हिरोले हुन्न भनेकै कारण उनलाई फिल्ममा नलिने निर्णय धेरै निर्माताले गरेका छन् ।बलिउडमा महिलालाई उपभोग्य वस्तुका रुपमा प्रयोग गरिएको तर्कसँग उनी सहमत छैनन् । उनी भन्छिन् ‘यहाँ महिला मात्रै हैन, पुरुषको पनि उपभोग भइरहेको छ ।’
तर, बलिउडमा महिला र पुरुषबीच विभेद भएको उनी स्वीकार्छिन् । उनको भनाइअनुसार महिला र पुरुषबीचको विभेद पोर्न उद्योगमा भन्दा पनि चर्को छ बलिउडमा ।हालै मुम्बईको सटे क्षेत्रको ठाँडेकी एक महिलाले सन्नीले अश्लीलता पैmलाएको आरोप लगाउँदै प्रहरीमा रिपोर्टसमेत गरिन् ।
अश्लीलता पैलाएको आरोपप्रति उनी पटक्कै सहमत छैनन् । उनी भन्छिन्, ‘इन्टरनेटमा मलाई नखोज्नुस्, मेरो साइटमा नआउनुस् ।’ धेरै मान्छेले इन्टरनेटमा आपूmलाई खोज्दै अश्लीलता पैmलाएको आरोप लगाएको उनको बुझाइ छ ।