धरान/रोजन रखाल मगरको प्रस्तुती रहेको नेपाली चलचित्र समर्पणको कलाकारहरु प्रचारका लागि धरान आइपुगेका छन् । मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै ‘अहिलेका युवाहरुले के चाहान्छन्’ भन्ने कथाको वरीपरी फिल्म बनेको कलाकारहरुले बताएका छन् ।
[caption id="attachment_21430" align="alignnone" width="960"]
फिल्म बारे जानकारी गराउँदै कलाकारहरु । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
फिल्ममा अधिकांस डेब्यु कलाकारहरु रहेका छन् । बंगलादेशी नागरिक इमरान सिद्दिकीको निर्मित फिल्ममा ४० प्रतिशत छायांकन बंगलादेशको विभिन्न क्षेत्रमा गरिएको फिल्मका नायकसमेत रहेका रोजन रखालले बताएका छन् । ‘योङ जेनेरेशनले के चाहान्छन् भन्ने सन्देश दिन खोजेको छ फिल्मले ।’ रखालले पत्रकार सम्मेलनमा भने ।
फिल्ममा रोजनका अलवा रञ्जु शर्मा, अमृत साही ठकुरी, रुवी शर्मालगायतका कलाकारहरु रहेका छन् । फिल्मका नायक अमृतले ‘प्लेब्वाइ’ को भूमिका रहेको बताए । त्यस्तै नायिका रञ्जु शर्माले आफ्नो भूमिकाबारे बताउँदै भनिन्, ‘मोजमस्ती गरेर रमाउने खाल्को युवतीका रुपमा छु ।’ फिल्म पुष १५ गतेदेखि देशभरका हलहरुमा लाग्दै छ । फिल्मको निर्देशन बसन्त निरौलाले गरेका हुन् ।