धरान/युवतीहरूले एक आदर्श युवकमा के खोज्छन् भन्ने कुरा रहस्यमै छ । तर आक्रामक पुरुष (आल्फा मेल) लाई उनीहरूले मन पराउँदैनन् भन्ने चाहिँ पक्का भएको छ ।
रेड्डिट नामक सामाजिक सञ्जालमा महिलाहरूलाई केटामा के खोज्नुहुन्छ भनी सोधिएको थियो । आठ सय जवाफ आएकोमा अधिकांशले स्त्रीसुलभ गुण भएको युवकलाई मन पराउने बताए । अरूले भने युवकमा शान्त आत्मविश्वास र बुद्धिमत्ता जस्ता गुण मन पर्ने अनि पहिलोचोटि सेक्स गर्न नहतारिने युवक राम्रो लाग्ने बताए ।
एकजना प्रयोगकर्ता स्कारलेट१९८६ ले डोमिनेट गर्न खोज्ने पुरुष आफूलाई मन नपर्ने बताइन् ।‘धेरै पुरुषहरू आल्फा मेल बन्न खोज्छन्,’ उनले भनिन्, ‘मलाई यस्ता पुरुष देखेर दिक्क लाग्छ ।’
अरू महिलाले पनि आक्रमक पुरुषभन्दा अलिकति कमलो केटा मन पराउने बताए । आत्मविश्वास भएको तर अहंकार नदेखाउने पुरुष आफूलाई चित्त बुझ्ने उनीहरूको भनाइ थियो । यो चर्चा देखेर पुरुषहरूले आफूभित्र नारीसुलभ कोमलता भएको तर दुनियाँको डरले देखाउन नसकेको बताए ।
द डेली मेल