uml_flag-300x275पथरी/ नेकपा एमाले पाटी मोरङको जिल्ला अधिवेशन तोकिएको मिति भन्दा दुई दिन पछि हुने भएको छ ।  जिल्ला कमिटीको पछिल्लो बैठकको निर्णय अनुसार बन्द शत्र हुने स्थान परिवर्तनका कारण तोकिएको मिति भन्दा सम्मेलन पछि सरेको अध्यक्ष महेश रेग्मीले बताए । अध्यक्ष रेग्मीका अनुसार आठौं जिल्ला सम्मेलन पुस २५, २६ र २७ गते हुने भएको छ । जिल्ला कमिटिका बैठकले यसअघि पुस २३ देखी गर्ने निर्णय गरिएको थियो । एमाले मोरङको जिल्ला सम्मेलनको प्रतिनिधिको लागी पुस १६गते एकै दिन जिल्ला भर प्रतिनिधि छनौट गर्ने भएको छ । भुगोलबाट ३० जना पार्टी सदस्य बरावर एक जना र समावेशी क्षेत्रवाट १५ जना बराबर १ जना रहने गरि प्रतिनिधि छनौट गरिने निर्णय भएको मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिएका छन् । मोरङको ९ वटै निर्वाचन क्षेत्रमा ९ हजार ८ सय २९ जना पार्टी सदस्य रहेका छ । करीब ८ सय प्रतिनिधि रहने सम्मेलनमा जिल्ला कमिटी सदस्यहरु, क्षेत्रीय कमिटीका अध्यक्षहरु र जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष अधिवेशनका आयोजकको रुपमा स्वत प्रतिनिधि हुने जिल्ला कमिटीको बैठकले निर्णय गरेको प्रचार विभागका प्रमुख सत्यनारायण चौधरीले जनाए । सम्मेलनको उद्घाटन वीरेन्द्र सभागृहमा गरिने र बन्द शत्र अतिथि सदनमा गरिने भएको छ । सम्मेलनको उद्घाटन केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले गर्ने र सम्मेलनमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागि हुने भएका छन् । प्रेस चौतरीलाई प्रतिनिधि नदिए पाटीको कार्यक्रम बहिष्कार गर्ने यसैबीच नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी मोरङले जिल्ला अधिवेशनमा चौतारीको सहभागिता सुनिश्चित नगरिएको भन्दै असन्तुष्टी जनाएको छ । विराटनगरमा बसेको प्रेस चौतारी मोरङको बैठकले प्रेस चौतारीको जिल्ला अधिवेशनमा सहभागिता सुनिश्चत गर्न माग गर्दै ७२ घण्टै अल्टिमेटम दिएको छ । जिल्ला अधिवेशनमा प्रेस चौतारी आवद्ध भएका संगठित सदस्यहरुको प्रतिनिधित्व सुनिश्चित नगरिएकाले ७२ घण्टे अल्टिमेटम दिएको हो । पार्टी सचिब ऋषिकेश पोखरेल मार्फत अल्टिमेटम दिँदै ७२ घण्टमा निणर्य नसच्याए आन्दोलन गर्न बाध्य हुने उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ््दै सचिब पोखरेलले यस विषयमा आवश्यक छलफल गरिने बताए । एमाले मोरङको पछिल्लो बैठकले प्रेस चौतारीलगायतका भातृ संगठनलाई प्रतिनिधित्व नदिने निर्णय गरेको थियो ।