हलीउड र बलीउडका कलाकारहरुको जीवनशैली हेर्ने हो भने सबै दंग पर्छन । आफ्नो फिल्मी करियर सुरु गर्नुभन्दा अगाडी नै उनीहरुको जीवनशैलीले सबैलाई अचम्ममा पर्छ । अझ फिल्ममा काम गर्न थालेपछि त झन उनीहरुले चढ्ने गाडी देखी बस्ने घरका तस्बीरहरु नै हाम्रा लागि सपना बन्ने गर्छन । यसो भन्दै गर्दा नेपाली चलचित्रकर्मीहरुको पनि जीवनशैली विस्तारै लोभलाग्दो बन्दै गएको छ ।
राम्रो फिल्म निर्माण गरे निर्माता र कलाकारका लागि गाडी र काठमाडौंमा घर किन्नु अहिले सामान्य बनिसकेको छ । यस्तै, यसै बर्ष प्रदर्शनमा आएको चलचित्र ‘६क्का पन्जा’ ले चलचित्रकी निर्देशक एवं निर्मात्री दीपाश्री निरौलालाई नयाँ गाडी किनिदिएको छ । हुनत, उनले यसअघि गाडी नकिनेकी होइनन् तर उनले चलचित्र ‘६क्का पन्जा’ हिट भए नयाँ कार किन्ने सपना बुनेकी थिइन । जस्तो सपना देखेकी थिइन दीपाको त्यो पुरा पनि भयो । प्रदर्शनको सय दिन मनाउँदा १६ करोड ग्रस कलेक्शन गरेको ‘६क्का पन्जा’ ले निर्देशक एवं निर्मात्री दीपाश्री निरौलालाई पुरानो ‘सेन्ट्रो’ कार छोड्न लागएर ‘आई ट्वान्टी एक्टिभ’ कार किनिदिएको छ ।
उनले खरिद गरेको यो कारको मुल्य ३७ लाख छ । यसबाट के पनि थाहा हुन्छ भने दीपाश्रीले चलचित्र ‘६क्का पन्जा’ बाट १ करोड माथी हात पारेकी छिन् । यसअघि काठमाडौंमा १ करोड मूल्यको घर किनिसकेकी अविवाहित दीपा अब भने विवाह गर्ने तयारीमा रहेको नयाँ कार किनेपछि मिडियाहरुलाई बताइन ।