दक्षिण भारतीय फिल्म ‘सिघंम’ को तेस्रो श्रृखंलाले रिलिज अगावै १०० करोडको कमाइ गरेको छ। आइतबार एक पत्रकार भेटघाटमा यसका निर्माताले यसको जानकरी दिएका हुन्। रजनीकान्तको फिल्मपछि कुनै पनि दक्षिण भारतीय फिल्मले यसरी कमाइको आँकडा पार गरेको यो दोस्रो फिल्म हो ।
पत्रकार सम्मेलनमा फिल्मको रिलिज चार पटक सार्नु परेकोमा फिल्मका निर्माताले माफी समेत मागेका छन् । फिल्मका निर्माताले सिघंम ३ फेब्रुबरीको ९ तारिखमा रिलिज हुने बताए । हरिको निर्देशनमा तयार भएको फिल्ममा सूर्या, अनुष्का शेट्टी, श्रुति हसन तथा ठाकुर अनुपको मुख्य भूमिका रहेको छ।