दर्जन बढी म्यूजिक भिडियो र दुई चलचित्र ‘जिस्म’ र ‘छेक्को’ मा काम गरिसकेकी नेपाली मोडल तथा नायिका अर्चना पनेरुको चर्चाले नेपाली सिने बजार विस्तारै सेलाउँदै गर्दा बलीउडमा भने उनको चर्चा सुरु भएको छ । अघोषित पोर्नस्टार अर्चनाको बारेमा बलीउडको लोकप्रिय अनलाइन ‘बलीउडभाष्कर’ ले एक समाचार प्रकाशन गर्दै अर्चना पनेरुलाई बलीउड अभिनेत्री सनी लियोनीसँग दाजेको छ । ‘मिल्नुहोस् नेपालकी सनी लियोनीसँग, १७ बर्षको उमेरमा आमासँग दिन्छिन् बोल्ड सीन’ भन्दै ‘बलीउडभाष्कर’ अनलाइनले समाचार प्रकाशन गरेको छ । उक्त समाचारमा अर्चना पनेरुको बाल्यकालदेखी चलचित्र जिस्म खेल्दासम्मको कुरा उटाएको छ ।

अर्चना पनेरू अभिनित चलचित्र जिस्मकाे गीत

[embed]https://www.youtube.com/watch?v=gtCwFbc03A0[/embed]

समाचारको अन्तिममा अर्चनाले चलचित्र जिस्काका लागि ४.५ लाख पारिश्रमिक लिएको पनि उल्लेख छ । जबकी उनले यो चलचित्रमा ३ लाख पारिश्रमिक लिएर काम गरेको स्रोत बताउँछ । उक्त अनलाइनले अगाडी लेखेको छ, ‘अर्चनाले कल गर्ल भएर पनि काम गरिसकेकी छिन् । ट्वीट गर्दै उनले जानकारी दिएकी थिइन कि कल गर्ल बन्दा उनले २ दिनमा ८५ हजार कमाएकी थिइन ।’

अर्चना पनेरुबारे बलिउडभास्कर अनलाइनले लेखेको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् ।