अहिले गाह्रो छैन गीतहरु कति हिट भयो भन्ने थाहा पाउन । पछिल्लो समय युटयुबबाट नै कुन गीत कति हिट भए भनेर सजिलै थाहा पाउन सकिन्छ । युटयुबमा एक एक गन्ती हुने भएकाले गीत हिट वा फल्प सजिलै छुट्याउन सकिन्छ । म्यूजिक भिडियोभन्दा अहिले चलचित्रका गीतहरु युटयुबमा बढी हेरिने गरिन्छ । अहिलेसम्म दुई चलचित्रका गीत मात्र करोड बढी भ्यूज भएका छन् । चलचित्र ‘छक्का पन्जा’ को ‘पूर्व पश्चिम रेल’ र ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’ बोलको गीत युटयुबमा अहिलेसम्म सबैभन्दा बढी हेरिने सूचीमा दर्ता छ । यी दुवै गीत युटयुबमा करोड भन्दा बढी पटक क्लिक भएको छ ।

यस्तै अहिले नेपाली बजारमा दुई गीतको चर्चा छ, त्यो हो चलचित्र ‘लुट २’ को ‘ठमेल बजार’ र चलचित्र ‘पर्व’ को ‘काले दाई’ । अनौठो त यो छ कि यी दुवै गीतमा निर्देशक निश्चल बस्नेतले ठुम्का लगाएका छन् भने गायिका समेत एउटै हुन । ‘ठमेल बजार’ बोलको गीत युटयुबमा ८२ लाख पटक क्लिक हुँदा ३ हप्ता अगाडी रिलिज भएको चलचित्र ‘पर्व’ को ‘काले दाई’ बोलको गीत भने ११ लाख भन्दा बढी पटक हेरिएको छ । यो छोटो समयमा सर्वाधिक हेरिएको गीतमा सामेल भएको छ । यो समाचार तयार पार्दासम्म ‘काले दाई’ बोलको गीत हेर्नेको संख्या ११ लाख बढी पुगेको छ । यो गीतमा निश्चल बस्नेत र मिना निरौलाको स्वर रहेको भने भने निश्चल र माला लिम्बुले ठुम्का लगाएका छन् । दिनेश राउतको निर्देशनमा हाल छायाँकन भइरहेको यो चलचित्रमा नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको छ ।

[embed]https://www.youtube.com/watch?v=Arfujgk7R3Y[/embed]