धरान/पाथिभरा आइडल र सप्तकोशी डान्स स्टारको दोस्रो संस्करणको धरान अडिसन आइतबार सम्पन्न भएको छ । [caption id="attachment_28149" align="alignnone" width="1024"] अडिसन दिँदै । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] अडिसनबाट डान्समा तीन र गायनमा तीन जना दोस्रो राउण्डको लागि प्रवेश गरेका छन् । रत्नाइन होटलमा गरिएको अडिसनबाट अनिशा देवान, कल्पना जिमी र ज्योती राई नृत्यमा छनौट भएका छन् । जसमध्ये ज्योती गायन तर्फ पनि छनौट भएकी छन् । गायनमा मनिल एसार, राजमहाङ लिम्बू दोस्रो राउण्डमा प्रवेश गरेका छन् । दोस्रो राउण्ड धरान मै हुने आयोजक बेनाम थिएटरका मित्र लिङ्देनले बताए । उनीहरुलाई गायन तर्फ गायक डिल्ली फोम्बो र जुनु प्रसाईले छनौट गरेका थिए भने नृत्य तर्फ सुजन बिकले छनौट गरेका थिए । आइडल र डान्स स्टार विजेताले नगद १ लाख ५० हजार रुपैयासहित स्कुटी, तीनवटा गीतमा नृत्य तथा गाउने मौका प्राप्त गर्ने लिङ्देनले बताए । त्यस्तै दोस्रो हुनेले जनही एक लाख रुपैयासहित २ वटा फिल्मी गीत, र दुईवटा गीतमा नृत्यको मौका पाउने छन् । तेस्रो हुनेले जनही ५० हजार १ वटा गीतमा गाउने अवसर र नृत्य तर्फ पनि एउटा गीतमा नृत्यको अवसर र सान्तवना हुनेले जनही २५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । अडिसनका क्रममा गायिका एवं मोडल जुनु प्रसाईले कम्मर माथि पटुकी बोलको गीत प्रस्तुत गरिन् भने लोक गायक नगेन्द्र कटुवालले ‘धानखायो धानचरीले, मकै खायो घुनले’ बोलको लोकगीत प्रस्तुत गरे । अडिसनका प्रमुख अतिथि ब्लाष्टका प्रधानसम्पादक राजकुमार कार्कीले छनौट भएकाहरुलाई बधाई ज्ञापन गर्दै कार्यक्रम आयोजकलाई धन्यवाद ज्ञापन गरे । त्यही क्रममा मुक्तक र २०४२ सालमा लेखेको गीतको एक अन्तरासमेत सुनाएका थिए । कार्यक्रममा याक्खा फिल्मका नायक कलाकार अजय जिमीकोसमेत उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता किरात याक्खा कलाका संघका जिल्ला अध्यक्ष जीवन देवानले गरेका थिए ।