ट्रेलर भन्दा अगाडी रिलिज भएको चलचित्र ‘लुट २’ को ‘ठमेल बजार’ बोलको आइटम गीत अहिले चिया पसलदेखी सार्वजनिक गाडीहरुमा राम्रै गुञ्जिरहेको छ भने साँस्कृतिक कार्यक्रमदेखी विवाह कार्यक्रमहरुमा पनि खुबै घन्किरहेको छ । २०६९ सालमा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ को ‘उघ्रेको चोली’ बोलको गीतले जसरी बजार पिटेको थियो अहिले ‘लुट २’ को ‘ठमेल बजार’ बोलको गीतले पनि उतिक्कै तहल्का पिटिरहेको छ । गीतपछि निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गर्यो, जुन ट्रेलरमा समाबेश संवादहरु अहिले प्रत्येक यूवापुस्ताका दर्शकहरुको बोलीमा झुण्डिएका छन् । चलचित्रको सार्वजनिक ट्रेलरमा यस्ता १० दमदार संवादहरु छन्, जसलाई दर्शकहरुले पनि सजिलै उच्चारण गर्न सक्छन् । आज हामीले चलचित्र ‘लुट २’ मा समाबेश १० संवादहरुलाई तपाईहरुमाझ प्रस्तुत गरेका छौ । पढ्नुहोस्लुट २को ट्रेलरमा समाबेश १० दमदार संवादहरु :- १. कहिलेसम्म चाहिँ यो घण्टा घरको घण्टा जस्तो यताउता यताउता हल्लिराख्ने ? २. म छ नि त्यसको राजखानी निकालेर दाम्मी आलुदम बनाएर कुकुरलाई खुवाउँछु । ३. आईन्दा यो एरियामा तेरो गन्ध मात्र भेटे भने तेरो रगतको चोइ र मासुको छोइला कचिला बनाएर विष्णुमतीको गिद्धहरुलाई छर्दिन्छु । ४. सिंहलाई आफ्नो एरिया बनाउन त्यहाँ ढुकेर बसिराख्नु पर्दैन पासा, तिरिक्क मुत्दिए मात्र पुग्छ । ५. तेरो यादले सताको सताई थियो मलाई । ६. तेरै छ खुब मिस नेपाल जस्तो अनुहार । ७. पाण्डे बल दिमाग होइन भाग्य चाहिन्छ भाग्य भाग्य । ८. बुद्धको देश भनेर मख्ख परेर बसिस् होला बाउको बिहे देखाइदिन्छ व्वाँसोहरुले अनि थाहा पाउँछेस् ९. माँ चिस, बल्ल थाहा पाईस होइन कति दुख्छ भनेर ? १०. जान्नि भएर धेर नबुझ, जिब्रो सिब्रो थुतेर मुँइ खाइदिन्छु भनेको । तेल्लाई टङ्क किस भन्छ । [embed]https://www.youtube.com/watch?v=nX2fcXN_Yks[/embed]