आफ्नो तौल र स्तनको आकार सुहाउँदो ब्रा लगाउनुहोस् । गर्भवती हुँदा स्तनको आकार बढ्दै जाने भएकाले ब्रा पनि ठूलो चाहिन सक्छ । सम्भव भएसम्म स्तनको आकारमा वृद्धि भएसँगै ब्राको आकार पनि ठूलो बनाउने ।

शरीको तौल वृद्धि हुँदा स्वाभाविक रुपमा स्तन पनि ठूलो हुने भएकाले तौल नियन्त्रण गर्नुहोस् ।

स्तनलाई बारम्बार मोस्चराईज गर्नुहोस् । स्तन राम्रो देखाउन पनि बारम्बार मोस्चराइज गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ । मोस्चराईजरले छालालाई लचकदार बनाई स्तन लत्रनबाट बचाउँछ ।

स्तन र वरपरका मांसपेशीलाई सशक्त र लचकदार बनाउन व्यायाम गर्नुहोस् । धूमपान नगर्नुहोस् । धूमपानले स्तनलाई लचकदार बनाउने तन्तुलाई टुटाईदिई स्तन झोल्लिने हुन्छ ।