पछिल्लो समय भाइरल नै भईरहेको गीतमा पर्छ ‘साइली’ । नेपालको प्राय युवा विदेशिएको यो अवस्थामा नेपाली एक मध्यम वर्गीय जोडीको कथा यसमा देखाइएको छ । आफ्नो युवा अवस्था विदेशमा परिश्रम गरेर आर्जन गरेको कमाइको भर बुढेसकालमा पर्नु पर्ने अवस्था यसमा चित्रण गरिएको छ ।
हेमन्त राणा स्वर रहेको यस गीतमा शब्द र संगीत कालीप्रसाद बास्कोटाको रहेको छ । गौरव पहाडी र मेनुका प्रधानको अभिनय रहेको ‘साइली’ बोलको भिडियोलाई हेमन्तले नै निर्देशन पनि गरेका हुन् । यहि गीतसंग्रहित एल्बमको विमोचन समारोहमा फिल्म बन्ने पनि घोषणा गरियो । ‘हामी साइलीलाई फिल्म नै बनाउने योजनामा छौ अब काम अगाडी बढाउछौ’ गौरवले कार्यक्रममा बताए ।
हेर्नुहाेस् भिडियाे