काठमाडौं / सरकारले लामो छलफलपछि वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ साल वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने निर्णय गरेको हो ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेससँगको बैठकमा मधेसी मोर्चाले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा गर्ने अडान नछोडेपछि सरकारले मोर्चालाई छोडेर निर्वाचन मिति घोषणा गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यका अनुसार सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको हो । हिजो नै निर्वाचनको मिति घोषणाबारे चर्चा चलेको थियो । सरकारले मिति ताेक्याे: वैशाख ३१ गते स्थानीय निर्वाचन
काठमाडौं / सरकारले लामो छलफलपछि वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ साल वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने निर्णय गरेको हो ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेससँगको बैठकमा मधेसी मोर्चाले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा गर्ने अडान नछोडेपछि सरकारले मोर्चालाई छोडेर निर्वाचन मिति घोषणा गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यका अनुसार सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको हो । हिजो नै निर्वाचनको मिति घोषणाबारे चर्चा चलेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































