धरान / प्रहरी प्रशासनको रहोबरमा विजयपुर हस्पिटल प्रशासनका पदाधिकारी र मृतकका आफन्तहरुबीच बसेको छलफल क्षतिपूर्तीपछि कुरा मिलेको छ । अस्पतालले विरामीलाई क्षतिपूर्ति दिने सहमति बनेको छलफलमा सहभागी एकले बताए । तर, प्रालिका अध्यक्ष खतिवडाले भने मृतकका आफन्तहरुबाट माग भएको स्वीकार्दै छानविन कमिटीले दोषी ठह¥याएको खण्डमा पैसाको कुरा आउने बताए । ‘क्षतिपूर्ती हुनुपर्छ भनेर उहाँहरुले रकम माग गर्नुभएको हो । तर, प्रशासनको रहोबरमा बन्ने छानविन समितिले दोषी ठहर्याएको खण्डमा केही हुन्छ ।’ उनले भने, ‘त्यो बेलामा हामी दोषी हुँदा के गर्ने ? र नहँुदा के गर्ने भन्ने सहमति बनेको छ ।’ मृतकका आफन्तहरुले उपचारमा संलग्न चिकित्सकहरुलाई कारबाहीको माग, क्षतिपूर्ती र मृतकका छोराछोरीलाई आजिवन अध्यापन गराउनु पर्ने माग राखेको थियो । सोही मागमा रहेर प्रहरीको रहोबरमा छलफल बसेको थियो । क्षतिपूर्ती भर्ने सहमति पछि आफन्तले शव बुझेका थिए । एक स्रोतका अनुसार क्षतिपूर्ती वापत १९ लाख रुपैया दिने सहमति बनेपछि कुरा मिलेको छ । तर, यस कुरालाई भने अस्पताल प्रशासनले सिधा रुपमा स्वीकार गरेन ।