काठमाडौं / फोनबाट एक करोड फिरौती रकम माग गर्ने युबकलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ, जिवनपुरका ३२ वार्षिय विदुर पौडेललाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलिले पक्राउ गरेको हो ।
पौडेलले मुकुल फाईनान्स लिमिटेडका सञ्चालकसंग ठूलो रकम असुल गर्न विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली फोन र एसएमएस गरेर धम्क्याएका थिए। उनले डर देखाएर. एक करोड रकम माग गरेको प्रहरीले जानकारी दिएको छ। महाशाखाले उनलाई पक्राउ गरेर अपरहणको अभियोगमा हिरासतमा राखेको छ।
फाेनबाट एक कराेड फिराैती माग्ने पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































