कबिर खानको निर्देशनमा बन्न लागेको चलचित्र ‘ट्युबलाइट’ लाई लिएर दर्शक अहिले नै महत्वाकाक्षीं बनेका छन् । अप्रैलको अन्तिमसम्म ट्युबलाइटको फिल्म रिलिज हुने बताइएको थियो ।

यद्यपि, अहिले भने यीसँग जोडिएका केही तथ्य बाहिर आएका छन् । स्रोतलाई आधार मान्ने हो भने बाहुबली २ पछि नै सलमान खानले आफ्नो फिल्म ‘ट्युबलाइट’ प्रमोशन गर्ने चर्चा पनि बाहिर आएको छ ।

निर्देशक–निर्माताले ‘बाहुबली २’ को नशा उत्रेपछि मात्र आफ्नो फिल्मको चर्चा गर्ने मनसाय बनाएका छन् ।ट्युबलाइटको कहानी सन् १९६२ को भारत–चीन युद्धको वरिपरि घुमेको छ ।

निर्देशकका अनुसार यो फिल्ममा दर्शकले सलमान खानलाई अझ फरक भूमिकामा देख्नेछन् । जुन आजसम्म दर्शकले देख्न पाएका छैनन्। सलमान खानलाई अझै इमोसनल देख्न सकिनेछ ।