कक्षा ११ र १२ को परिक्षा सर्याे
धरान/ कक्षा ११ र १२ को परिक्षा सरेको जानकारी पाप्त भएको छ। स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने भएपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा सरेको हो ।
निर्वाचन आयोगले बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएसंगै परिक्षा सार्ने राष्ट्रिय परिक्षा बोर्डको निर्णय भएको हो ।
राष्ट्रिय परिक्षा बोर्ड का अनुसार कक्षा ११ को परीक्षा बैशाख २४ देखि जेठ ३ गतेसम्म हुने भनिएकोमा, यो बीचमा स्कुल, क्याम्पस बन्द गर्ने सरकारको निर्देशन भएकाले परिक्षा संचालन गर्न नसकिने भएको छ । निर्वाचन आयोगसंग परामर्श पछि कक्षा १२ र ११ को नयाँ परिक्षा तालिका सार्वजनिक हुनेछ ।’
जेठ मा परिक्षा हुने पक्का भए पनि कति गते देखि भन्ने कुनै जानकारी आएको छैन आयो भने हामी तपाई लाई जानकारी गराउने छौ कृपया हाम्रो वेबसाइट भिजिट गर्दै गर्नु होला ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































