पथरी/पथरीशनिश्चरे ५ मा स्थापीत जनता माविका प्रधानाध्यापक स्र्वर्गीय मेधनाथ ओझाको नाममा अक्षयकोष स्थापना हने भएको छ ।

जनता माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले ‘स्वः मेधनाथ ओझा स्मृती अक्षयकोष’ नाम दिएर अक्षयकोष स्थापना गर्ने पूर्व विद्यार्थी नवराज निरौलाले जनाएको छ । पूर्व विद्यार्थीहरुले अक्षकोष स्थापनाको लागी आफुले सक्ने रकम जम्मा गर्न अन्य पूर्व विद्यार्थीहरुलाई सामाजीक सञ्जाल,फोन मार्फत आह्वान गरिसकेको छ ।

\खाता नं. ०८६११६००६९३९३९०००००१, सार्वजानीक गर्दै प्रभू बैँक,शाखा कार्यालय पथरी र खातावालको नाम र वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमा पठाउन सक्ने जानकारी पथरीअनलाइन मार्फत गरेका छन् ।

वीरेन्द्रनगर साकोसमा रेमिटान्स सेवाको पनी उपलब्ध भएको हुनाले यहाँहरूले सिधै धर्मराज निरौला अथवा देबिमाया पोख्रेलको नाममा रेमिटान्स गरी ०२१–५५५४७५ मा रेमिटान्स पिन नं. टिपोट गराउन सकिने लक्ष्मिप्रसाद कोइरालाले बताए ।

फागुन ११ गते बिराटनगर जाने क्रममा मोरङ बयरवन ९ स्थीत कानेपोखरी–चिसांङ पुलछेउमा सडक दुर्घटना हुदा प्रअ ओझाको उपचारको क्रममा मृत्यु भएको थियो ।