शनिश्चरे/ मोरङको पथरीशनिश्चरेका अवकासप्राप्त शिक्षक बद्रीप्रसाद ओझाले पाँचथर जिल्लाको सुभाङ गाविस– ६ मा रहेको डाँडागाउँ आधारभूत विद्यालयलाई साढे छ आना जग्गा दान गरेका छन् ।
विद्यालयसँगै जोडिएको आफ्नो जग्गा ओझाले आफ्ना दिवंगत बुबाआमा र माहिलो छोरा खेम ओझाको स्मृतिमा विद्यालय भवन निर्माणका लागि दान गरेको उनका छोरा साहित्यकार घनेन्द्र ओझाले जनाए ।
शनिश्चरेमा अढाई दशक शिक्षण पेसामा संलग्न रही अवकास भएका ओझाले शिक्षाको विकास नभई समाज र राष्ट्रको विकास नहुने भन्दै आफूले विद्यालयलाई जग्गा दान गरेको बताएका छन् । सो विद्यालय डेढ दशकअघि स्थापना भएको हो ।