काकँरभिट्टा (झापा) नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको बताएका छन् । झापाको काँकरभिट्टाबाट शनिबार सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताए । ओलीले एमालेकै अगुवाईमा स्थानीय निर्वाचनको घोषणा भएको भन्दै निर्वाचन गर्नुपर्ने कुरामा जोड दिए । मेची महाकाली अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई प्रतिकार गर्ने चेतावनी दिए । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने राष्ट्रिय अभियान कांकडभित्ताबाट सुरु गरिएको हो । वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सत्यनारायण मण्डल लगायतका नेताको सहभागिता रहेको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको प्रदेश नं का संयोजक भीमप्रसाद आचार्यलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर अध्यक्ष ओलीले अभियानको शुभारम्भ गरेका थिए् ।
शनिबारनै बिर्तामोडमा आइपुगेको अभियानमा दोस्रो जनसभा पनि सम्पन्न भएको छ । पार्टीका पूर्व अध्यक्ष, वरिष्ठ नेता झलनाथ खनालले जनसभालाई सम्बोधन गर्दै एमालेको अगुवाईमा बनेको नयाँ संविधान हाम्रो संविधान हो जो राम्रो पनि छ भने । उनले संविधानको पूर्ण कार्यान्वयन जरुरी रहेको बताउँदै आगामी माघ ८ भित्र तीन वटै तहको निर्वाचन नभएमा संविधाननै निष्कृय हुने बताए । एमालेले निर्वाचन गराउन सरकारलाई दवाब दिइरहेको फलस्वरुप मितिसम्म घोषाणा गरेपनि कार्यान्वयनमा खुट्टा कमाइरहेको सुनाए । नेता खनालले थपे, कतिपय मानिस राजतन्त्र व्यूँताउने सपना देखिरहेका छन, चिहानमा पुरिएको राजतन्त्र फिर्ता नआउँने उद्घोष पनि गरे । काँकरभिट्टा र बिर्तामोडमा भएको अभियानको जनसभामा अन्य पार्टी परित्याग गरी सयौँ नागरिक नेकपा एमालेमा प्रवेश गरेका छन् । अभियानकै दौरानमा पार्टी भूमिगत रहेका बेला सेल्टर दिने दर्जनौ अभिभावक र ७० वर्ष उमेर पार गरेका सयौँ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
एमालेको १५ दिने राष्ट्रिय अभियान सुरु
नेकपा एमालेले झापाको पूर्वीद्वार काँकडभिट्टाबाट ‘संविधान कार्यान्वयन, निर्वाचन, सम्बृद्धि र स्वाभिमान ः राष्ट्रिय एकता र समाजिक सद्भावका लागि मेची महाकाली अभियान’ भन्ने नाराका साथ १५ दिने राष्ट्रिय अभियान
सुरु गरेको छ । पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले शनिवार काँकडभिट्टामा एक समारोहविच अभियान उदघाटन गरे । झापा विद्रोहको क्रममा २०२९ साल फागुन २१ गते पञ्चायती सत्ताद्वारा जेल सार्ने निहुँमा गोली हानी हत्या गरिएका पाँच सहिदको स्मृति दिवस पारेर एमालेले मेची महाकाली राष्ट्रि«य अभियान सुरु भएको हो । उद्घाटन अवसरमा सहिद परिवारलाई सम्मान गरि
एको छ भने ओलीले शनिअर्जुनस्थित सहिद स्मृति पार्क पुगी त्यहाँ रहेको पाँच सहिदको शालिकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए ।काँकडभिट्टाबाट अभियानको वृहत र्याली सुरु भएको थियो । पार्टीको झण्डा, चुनाव चिन्ह सूर्य र दिवङ्गत नेताहरु पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीरलाई विशेष ढङ्गले सजाइएको गाडीले र्यालीको अगुवाई गरिरहेको छ
।। अभियान चैत ५ गते महाकालीका कञ्चनपुरमा पुगेर समापन हुने छ ।
एमाले केन्द्रीय सदस्यमा एक्काइस मनोनित
नेकपा (एमाले) ले मेची महाकाली राष्ट्रिय अभियानकै सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीमा तराई मधेस मूलका २१ जना नेतालाई केन्द्रीय कमिटीको पूर्ण र वैकल्पिक सदस्यमा मनोनयन गरेको छ । पार्टी स्थायी कमिटीकोसम्पन्न स्थायी कमि
टी बैठकले सो मनोनयन गरेको एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकोे छ । मनोनित पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र्र वैठा, यदुवंश झा, गङ्गा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनायण महतो हुनुहुन्छ । यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता
चौधरी र सरला यादव रहेका छन् ।