एजेन्सी । फुटबल सर्मथकले गरेको गोलले मान्यता पाएको कहिल्यै सुननुभएको छ रु हालै होन्डुरसमा यस्तै घटना घट्यो ।
फुटबल मैदानमा समर्थक पसेर गोल हाने पनि उक्त गोलले मान्यता पायो । बाह्रौं खेलाडीको उपस्थितिमा भएको गोललाई रेफ्रीले स्वीकार पनि गरे। मैदानबाहिर बाट नै बल लिएर भित्र छिरेका त सर्मथकले विपक्षीको पोष्टमा गोल गरे ।
आइतबार राती होन्डुरसको लिगमा ओलम्पियाले रोजर रोजासको गोलमा अतिरिक्त समयमा मोटाग्युविरूद्धको खेललाई २–२ गोलको बराबरीमा ल्यायो ।
क्लब समर्थकले गोल गरेलगत्तै रोजरले पनि मोटाग्यु क्लबविरूद्ध गोल गरे । जुन गोलको विरोध मोटाग्यु क्लबका खेलाडीले गरेपनि रेफ्रीले उनीहरूको कुनै कुरा सुनेनन्।
अन्तत उक्त गोलले मान्यता पाएरै छाड्यो । सुरुमा मान्यता दिउपछि रेफ्रीले आफ्नो निर्णयलाई नबदलेपछि लामो समयसम्म बिबाद भइरहेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।