विजयपुर /धर्मपुत्रीको रुपमा पालिएकी एक बालिकाको संस्कास्पद मृत्यु भएपछि घटनाको गहिरो अनुसन्धान गरि दोषीलाई कारबाहीको माग गर्दै बिभिन्न अधिकारबादी सघंसंस्था तथा बाल सहुहहरुले दबाद दिई रहेका छन् ।

धरान–१६ स्थित जोरखुवा छेउमा बलिमान राई र पदमकुकारी राईले धर्मपुत्रीको रुपमा पालिएकी १३ बर्षिया अनुषा राईको गत साता संस्कास्पद मृत्यु भएको थियो ।

मृतक को पोष्टमाटम रिपोर्टले शरिरर टाउकोमा चोट देखएको छ भने पटक पटक यौन शोषण भएको हुन सक्ने संकेत भएको रिपोर्ट प्रहरीलाई बुझाएको छ ।

यस बारे थप पुष्ट्याईका लागि भिसेरा परिक्षणका लागि प्रकृया अगाडि बढाईएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यसैबिच आईतबार धरान–४ स्थित धरान आदर्श कलेजका बिद्यार्थीहरुले दोषि उपर कारबाहीको माग गर्दै धरानमा मौन जुलुस निकालेका छन् ।

धरान–४ स्थित धरान आदर्श स्कुलबाट निस्कीएको ¥यालीले धरानको भानुचौक,पुतलीलाईन,पानिट्याङकी हुदै धरान –१६ स्थित बालिका बस्दै आएको घरमा गएर मौनधारण गरेको थियो ।

मौन धारणपनि गणेशमान चौक,लेखनाथ चौक,समिचोक हुदै पुन स्कुलमै गएर ¥याली सकिएको थियो । ¥यालीमा दोषीलाई कारबाहीको माग गरिको ब्यानर तथा प्ले कार्डहरु बोकिएको थियो ।

बिद्यार्थीहरुले बाल अधिकारको रक्षा गर्न र सम्मानपुर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेका थिए । स्मरण रहोस घटनाका आरोपीहरु बलिमान राई र पदमकुमारी राईले प्रहरीले नियन्त्रणमा लिएर अदालतमा कर्तब्य ज्यान मुद्धा अगाडि बढाएको छ ।

[caption id="attachment_32417" align="aligncenter" width="800"] मृतक बालिका बसेकाे घर अगाडि माैनधारण गर्दै बिद्रयार्थीहरू[/caption]