काठमाडौं / 'एसएफटी दक्षिण एसिया-जापान यु-१६ फुटबल आदान-प्रदान कार्यक्रम'का लागि एन्फाले १८ सदस्यीय नेपाली यु-१५ टीमको घोषणा गरेको छ।

जापान फुटबल फेडरेशनले आयोजना गर्ने यो खेल मार्च १० देखि १४ सम्म श्रीलंकामा हुनेछ। टिमको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ रहेका छन्। सनोज श्रेष्ठ र नवीन महर्जन विकास निर्देशक छन् भने टिम म्यानेजरको रुपमा मधुसुधन उपाध्यायलाई तोकिएको छ।

चार टिमको सहभागिता रहने सो कार्यक्रममा नेपालसँगै भुटान, श्रीलंका र जापानको युवा टिमको सहभागिता रहनेछ। खेलका लागि नेपाली टोली मार्च ९ (बिहीबार) मा त्यसतर्फ प्रस्थान गर्ने भएको छ। टोलीमा समावेश खेलाडीहरु

  • अभिषेक श्रेष्ठ
  • बिरजेश चौधरी
  • दीपक भण्डारा
  • कार्लोश बखारिया
  • पदम भट्टराई
  • पृथ्वी चौधरी
  • पुकार खड्का
  • रन्दीप पौडेल
  • रञ्जन पुन
  • सिद्धान्त रानामगर
  • रोशन रानामगर
  • सञ्जीव अर्याल
  • सञ्जु श्रेष्ठ
  • सौगात खवास
  • शिशिर लेखी
  • श्यारब लो तामाङ
  • रोशन दोङ
  • रोशन थापा